व्यावसायीक कृषलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

This post has already been read 133 times!

पर्वत, माघ २४/ व्यावसायीक कृषकहरुलाई आधुनिक कृषि पेशामा लाग्नका लागि अभिप्रेरित गर्ने उद्धेश्यले पर्वतमा कृषि मेला प्रदर्शनी गरिएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले बार्षिक कार्यक्रम अनुसार प्रदर्शनी आयोजना गरेको हो । सदरमुकाम कुश्माबजारमा आयोजित पश्चिमाञ्चल औद्यागिक व्यापार मेला तथा चौथो पर्वत महोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त प्रदर्शनीमा कृषकहरुको आकर्षण बढेको छ । प्रदर्शनीमा पर्वत जिल्लाका विभिन्न गाविसमा उत्पादित कृषि उपजका नमुनाहरु राखिएको छ ।Krishi mela,Newsagrocom

प्रदर्शनीमा ७ विधाका सामाग्रीहरु राखिएको छ । खाद्यान्न, तरकारी, आलु, नगदे वाली, फलफुल, हाँस, माछाका उत्पादनहरु प्रदर्शनीमा राखिएको हो । जिल्लाका १ सय १८ जना कृषकले फरक फरक विधामा उत्पादन गरेका १ सय १८ किसीमका कृषि उपजलाई प्रदर्शनीमा राखिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए ।

कृषकहरुलाई व्यावसायीक बनाउनका साथै उनिहरुका उत्पादनहरुलाई प्रचारप्रसार गर्ने र राम्रो उत्पादन गर्नेहरुलाई थप प्रोत्साहन गर्ने महोत्सवको मुख्य उद्धेश्य छ ।