पाल्पालाई अदुवा उत्पादन केन्द्र बनाउने तयारी

यो समाचार 162 पटक पढिएको

पाल्पा, माघ २४/  जिल्लालाई अदुवा उत्पादन, प्रशोधन तथा बजारीकरणको केन्द्रका रूपमा विकास गरिने भएको छ। यसका लागि विभिन्न कार्यक्रम सुरु गरिएको छ। सरकारी, सहकारी र निजी कार्यक्रमअन्तर्गत विभिन्न तालिम तथा उन्नत बीउ वितरणलगायतका कार्य धमाधम भइरहेका छन्।

पाल्पाका किसानले लगाएको व्यवसायिक अदुवाखेती

जिल्ला कृषि विकास कार्यालय पाल्पाका अनुसार प्रशोधन तथा बजारीकरणका लागि आवश्यक काम गर्न चालू आवमा ३२ लाख रुपैयाँ सरकारले अनुदान दिएको छ। जिल्लामा रहेका ६५ गाविसमध्ये सबै गाविसमा अदुवा नगदे बालीका रूपमा उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ। पाल्पामा वार्षिक करिब १५ हजार मेट्रिक टन अदुवा उत्पादन र ५० करोडसम्मको कारोबार हुँदै आएको छ।

 

पाल्पामा १२ सय ५२ हेक्टर जमिनमा अदुवा खेती गरिन्छ। वार्षिक रूपमा पाल्पामा १५ देखि २० प्रतिशतसम्म अदुवा उत्पादनमा वृद्धि हुँदै आएको तथ्यांक जिल्ला कृषि विकास कार्यालय पाल्पासँग छ। जिल्लामा उत्पादन भएको अदुवा बुटवल, भैरहवा र भारतमा समेत निर्यात हुने गरेको छ।

 

सरकारको मुख्य लगानीमै पहिलो चरणमा अदुवा प्रशोधन उद्योग सञ्चालन गर्ने नीति निर्यणअनुसार पाल्पा, सल्यान र कैलाली जिल्लामा उद्योग स्थापना हुन लागेको हो।

 

जिल्लामा अदुवासम्बन्धी काम गर्दै आएका कृषि सहकारी संस्थाहरूलाई छनोट गरी यस आर्थिक वर्षमै उद्योग सञ्चालन गर्ने नीति सरकारको छ। पाल्पामा १० सहकारी संस्थाहरूले अदुवासम्बन्धी कारोबार गर्दै आएका छन्। कृषिसम्बन्धी काम गर्ने ५० भन्दा बढी कृषि सहकारी क्रियाशील छन्।

 

उनीहरूले जिल्लाभरका किसानले उत्पादन गरेको अदुवा खरिद तथा संकलन गरिसकेपछि उद्योगलाई दिन्छन्। उद्योग स्थापनापछि जिल्लाले अदुवा प्रशोधन र प्याकेजिङसमेत जिल्लामै गर्नेछ। उद्योग स्थापनाका लागि पाल्पामा क्रियाशी कृषि सहकारीहरूबीच प्रतिस्पर्धा हुनेछ।

 

जिल्ला कृषि विकास कार्यालय पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्र कौडालले अदुवा प्रशोधन उद्योग सञ्चालनमा आएपछि अदुवालाई पूर्ण रुपमा सफा बनाउने, बाहिरको बोक्रा फाल्ने, सुठो बनाउने, धुलोलाई प्याकि ङ गर्ने, लोगो निर्माण गर्नेलगायतका कार्य गर्न सकिन्छ।

 

एक गाउँ एक उत्पादनकार्यक्रमअन्तर्गत पाल्पामा भैरवस्थान र फेकमा अदुवा उत्पादन कार्यक्रम विगत दुई वर्षदेखि सञ्चालनमा आएको छ। पाल्पामा ७५ प्रतिशत भिरालो जमिन भएको र सिचाइँ सुविधा कम भएको पाखो बारीमा अदुवा नगदेबालीका रूपमा उत्पादन भइरहेको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :