कृषिले आत्मनिर्भर बनाएको गाउँ

This post has already been read 164 times!

बेनी(म्याग्दी) , माघ २४/ आफ्नै गाउँमा परिश्रम गर्ने हो भने राम्रो कमाई गर्न सकिन्छ भनेर विदेशको जागिर छाडेर कृषि पेशामा लागेको छु । मलाई यहाँ दाम सगै आत्मसम्मान पनि मिलेको छ । विदेशमा गर्न सक्ने श्रम आफ्नै माटोमा गर्न सकेमा प्रशस्त कमाई गर्न सकिने रहेछ । यि भनाईहरु एकवर्ष अघि विदेशी भूमिलाई त्यागेर गाउँघरमै व्यवसायीक तरकारी खेतिमा कस्एिका धाइरिङ ४ का गिरिधारी पौडेलका हुन । उहाँ विदेशमा भन्दा स्वदेशमै राम्रो कमाई गर्न सकिने संभावना देखेर घर फर्किनुभएको हो ।Beni, Newsagrocom
पौडेल मात्र होइन धाइरिङ सल्यानक गाउँका एकदर्जन युवाहरु अहिले विदेशवाट फर्किएर गाउँमा तरकारी खेतीमा रमाउन थालेका छन् । गाउँका वुद्धीप्रसाद सुवेदी र टेकनारायण आचार्य विदेशी भूमिवाट गाउँ भित्रिएको एकवर्ष भयो । उहाँहरुले अहिले कृषि पेशावाट रहरलाग्दो आम्दानी गरिरहनु भएको छ । वार्षिक पाँचलाख रुपियाँ सम्म कमाई हुने गरेको छ, युवा कृषक सुवेदीले भन्नुभयो,‘विदेशमा गर्ने श्रम आफ्नै माटोमा गर्न सके प्रशस्त आम्दानी हुँदो रहेछ ।’ यहाँका अन्य किसानहरुले पनि तरकारीखेतीलाई मूख्य आयस्रोत बनाएका छन् । धाइरिङ गाउँमा बसोबास गर्ने करिब चारसय घर परिवारले तरकारी खेतीलाई गाउँको प्रमुख आयस्रोत बनाएका हुन् । गाउँका अधिकांश किसानहरुले आफ्नो खेतबारीमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् ।

किसानहरले परम्परागत कृषि प्रणालीलाई विस्थापीत गरी २० वर्षदेखि आधुनीक तवरले व्यवसायीक तरकारी खेति गर्दै आए पनि पूर्णरुपमा बैज्ञानिक खेती प्रणाली अपनाउन नसकिएको किसानहरुको भनाई छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरूको आर्थिक अवस्थामा सकरात्मक परिबर्तन आएको छ । मौसमी तथा बेमौसमी तरकारी खेतीबाट अहिले गाउँमा बार्षीक तिनकरोड भन्दा बढीको तरकारी उत्पादन हुने गरेको किसानहरु बताउछन् ।
देशका अधिकांश गाउँको आम्दानी बिदेशबाट भित्र्ने रेमिट्यान्समा निर्भर हुने क्रम बढीरहेका समयमा तरकारीखेतीबाट गाउँको आर्थिक परिवर्तन गर्न पाउँदा कृषकहरू उत्साहीत छन् । गहुँ र मकै जस्ता हिउँदेबाली लगाउन छाडेका कृषकले करिब एक हजार रोपनी जमिनमा फैलीएको पर्वत धाइरिङ सल्यानको फाँटमा आलु, बन्दा, काउली, गोलभेँडा, काँक्रो, फर्सी लगायत तरकारी उत्पादन गर्ने गर्दछन्् ।
धान खेती हुने भएपनि तरकारीले हिउँदेबाली लगाउने चलन हटिसकेको स्थानीय कृषक नवराज आचार्यले बताउनुभयो । पाँच वर्ष बेनीबजारमा खुद्रा व्यावसाय गरेका आचार्यले खुद्रा पसल बन्द गरि गाउँमानै तरकारी खेतीमा लाग्नुभएको छ । खुद्रा पसलबाट एकवर्षमा हुने आम्दानी भन्दा बढी अहिले तरकारी खेतीबाट तिनमहिनामानै गर्ने गरेको छु, आचार्यले भन्नुभयो, “अरुले उत्पादन गरेको वस्तु विक्री गर्नु भन्दा आफैले उत्पादन गरेको तरकारी विक्री गर्न पाउदा गौरबको अनुभूति हुन्छ ।” राज्यले कृषकहरुको हितलाई ध्यान दिई नीति निर्माण गर्नु पर्ने आचार्यको भनाई छ ।
तरकारी खेतीबाट खाद्यबालीभन्दा पाँच गुणाबढी आम्दानी भएपछि कृषकहरू यसतर्फ आकर्षीत भएका हुन् । ताजा तरकारीका साथै सल्यान गाउँ गोलभेडा,करेला, र काँक्रोको बिउ उत्पादन गर्ने स्थानको रुपमा पनि प्रसिद्ध छ ।
तरकारी खेतीबाट वार्षिक दश लाख रुपैयाँ आम्दानी हुने गरेको अर्का कृषक नरबहादुर केसीले बताउनुभयो । केसीले दश रोपनी खेतमा तरकारी खेती गर्नुभएको छ । बेनी, बागलुङ र कुश्मा नजिकै भएकाले बजारको समस्या नभएकाले पनि तरकारी उत्पादन गर्नसके बिक्री हुने उहाँको भनाई छ । विदेशमा गर्ने जति परिश्रम आफ्नै माटोमा गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने केसीको भनाई छ । सात वर्ष अगाडी साउदी अरब बाट फर्की गाउँमानै आधुनिक तवरले तरकारी खेती गर्न थालेको केसीले बताउनुभयो । विदेशमा गएकाहरुको भन्दा आफुले गाउँमानै परिश्रम गरि तिनगुणा बढी आम्दानी गर्न सफल भएको छु केसीले भन्नुभयो “तरकारी बिक्रीको आम्दानीले बेनी बजारमा ६ वर्ष अगाडी ३० लाख रुपियाँ बरावरको घडेरी किनेको छु । अहिले त्यो बढेर एककरोड रुपियाँ पर्दछ । केसीले बताउँनुभयो ।
यस्तै अर्की महिला किसान कमला वि.कले पनि तिन रोपनी जग्गा भाडामा लिइ विगत ४ वर्ष देखि तरकारी खेती गरेको बताउनुभयो । गाउँका महिलाहरु तरकारी खेती बाट राम्रो आम्दानी हुने भएकाले व्यावसायीक तरकारी उत्पादन गर्न थालेको महिला कृषक विकले बताउनुभयो । विदेशमा श्रीमानले गरेको कमाई भन्दा आफूले तरकारीखेतीबाट बढी आम्दानी गरेपछि श्रीमान पनि विदेशबाट फर्केर सँगै तरकारी खेती गरेको कृषक वि.कको भनाई थियो । ‘आफ्नै घरमै बसेर पनि विदेशको भन्दा बढी कमाई भएपछि श्रीमान श्रीमती दुवैले सँगै तरकारी खेती गरेका छौ किसन वुद्धि प्रसाद सुवेदी भन्नुभयो ‘ काउली,बन्दा र आलु बिक्री गरेर मात्र यस वर्ष तिन लाख रुपियाँ आम्दानी भयो ।’ पछिल्लो समय यहाँका किसानहरु स्वस्थ्यको लागि पनि राम्रो र माटोको उर्वरा शक्ति पनि संरक्षण हुनेभएकाले आर्गानिक खेती गर्न थालेको किसानहरु बताउछन् ।
धाईरीङका अगुवा कृषक एकनारायण पौडेलले तरकारीखेतीबाट गाउँमा वार्षिक करोडौ रुपियाँ भित्र्ने अनुमान गरिएको बताउनुभयो । सल्यानका कृषकहरुलाई आधुनीक प्रबिधिबाट खेती गर्न सहयोग गरे तरकारी खेतीका हिसाबले नेपालमै नमुना गाउँ बनाई कृषि पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने पौडेलको भनाई छ ।