कृषि सडकले जोड्यो दामनपालुङ

यो समाचार 205 पटक पढिएको

  • सुरजकुमार भुजेल

मकवानपुर, माघ २२ /  ‘२०३७ सालताका डाँडामुखबाट सडक जोडिन्थ्यो, साँदकाले जग्गा दिएनन् सडक खनिएन ।’ हौसिंदै पालुङ–८ का गोविन्द बहादुर कार्कीले पुरानो कुरो कोट्याए ।

Road, Newsagroत्यो बेलामा तत्कालिन प्रधानपञ्च केदार तामाङले दामनलाई पालुङ जोड्ने कृषि सडक खन्न आँटेका थिए । तामाङको चाहना अहिले मैले पुरा गरेँ, गोविन्दले भने । तामाङ यसैवर्ष स्वर्गे हुनु भो ३३ वर्षपछि मैले उनको सपना साकार पारेँ । दामन विकास घर आइपुगेका गोविन्दले संवाददातालाई खुशी सुनाए । सडकका लागि बजेट विनियोजन गर्ने पालुङ गाविसलाई धन्यवाद दिए ।

 

दामनबाट पालुङ गाविस जोड्ने छोटो दुरीको सो सडकको नाम गोविन्दको विकासे टिमले भुङ्दल–डाँडामुख–पालुङ कृषि सडक राखेकाछन् । यस अघि दामन घर्तिखोलाका रामबहादुर कार्कीले पनि दामनबाट पालुङतिर छोटो दुरीमा सडक सोझ्याउन नखोजेका भने होइनन् । त्यत्तिबेला जग्गाधनीले सडकका लागि जग्गा नदिएपछि निर्माण रोकिएको थियो । यसवर्ष सबैले सहमति जनाए । कार्की पनि सडक निर्माण समितिमै रहेर सडक सोझ्याइ छाडे ।

 

विद्युत रोयल्टी अन्तर्गतको गाविसमा प्राप्त मधयेबाट दुई लाखको लागतमा सडक निर्माण गरिएको हो । गाविसबाट प्राप्त रकमबाट ह्युुम पाइप, सडकको साँदमा पर्ने मूल कुलोको लागि पर्खा, जाली र सडक खन्नमा प्रयोग गरेको सडक निर्माण समितिका अध्यक्ष समेत रहेका गोविन्दले बताए ।
सडकका निर्माणका लागि लागि सबैभन्दा बढि जग्गा दान गर्ने पालुङ ६ का रामदेश श्रेष्ठ, दामन १ का होमबहादुर कार्की, दामन २ का हरिबहादुर कार्की लगायत सबैलाई सडक निर्माण समितिले धन्यवाद दिएकाछन् ।
कषि सडकमा अहिले सहजै यातायात आवागमन गर्न सक्ने गरी बनिसकेको छ । भुङ्दल–डाँडामुख–पालुङ कृषि सडकमा यातायात सुचारु भएपछि कृषि उपज बजारमा ल्याउन तथा मलखाद्य लगायतका कृषि सामाग्री खेतमा पु¥याउन सहज भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :