पार्थेनियम पस्यो खेतबारीमा

This post has already been read 252 times!

काठमाडौं, २२ माघ / उत्तर र दक्षिण अमेरिकाका खेतबारीमा १९५० को दशकमा पहिलोपटक देखापरेको पार्थेनियम -एक प्रकारको झार) कुनै दिन नेपालमा समेत देखिन थालेको छ । देखामात्रै होइन, घनत्व अत्यधिक बढ्दो गतिमा फैलिरहेको कृषि विज्ञले जनाएका छन् ।पहिलोपटक मेक्सीकोमा देखिएको पार्थेनियम ६० वर्षपछि मुलुकको तराईदेखि उच्च पहाडसम्म जरा गाडिसकेको छ । लगभग १३ हजार किलोमिटर टाढाको यो रैथाने झार गाजरको बोट जस्तै मिल्दो जुल्दो देखिने भएकाले किसानले ‘गाजरघाँस’ नाम जुराइदिइसकेका छन् ।Parthenium, , Newsagroयसबारे अध्ययन गरिरहेका क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पर्सा परवानीपुरका कृषि वैज्ञानिक कैलाशप्रसाद भूडेर पछिल्ला वर्ष नेपाली किसानलाई अति दुःख दिने झारहरूकै सूचीमा राख्छन् पार्थेनियमलाई । ‘यसले बिरुवाको आहारा खाइदिन्छ, रोग र कीरालाई संरक्षण दिन्छ, अन्तिममा यिनैले बोटविरुवाको उत्पादकत्व घटाउँछ र पार्थेनियम बलियो भएर खेतबारीमा देखिन्छ,’ हालैको साता आयोजित एक कार्यक्रममा भूडेरले भने, ‘यो गाजरघाँस बालीनालीका लागि मात्रै होइन मान्छे र पशुका लागि पनि हानिकारक हो, धेरैले यसको असरलाई नजरअन्दाज गरिरहेका छन् ।’

नार्कका अनुसार, यो झार ५० कै दशकमा गहुँको बीउमा मिसिएर भारत भित्रिएको थियो । भारतमा आएपछि यो लखनऊ आसपास हुँदै अहिले सारा भारतमा समस्याका रूपमा देखापरेको छ । नेपालमा दशकअघि देखिएको बताइने पार्थेनियम अत्यधिक बढ्दो गतिमा फैलिरहेको छ । नार्कले गरेको अध्ययनले यहाँका बाँझो जमिन, रेलबे लाइन, नहर, सडकको छेउ, बगैंचा, विमानस्थल, औद्योगिक क्षेत्र, आवास क्षेत्र, पार्क, सहरी क्षेत्रभित्रको बाँझो जमिनमा अत्यधिक देखिएको जनाएको छ ।

बाली विज्ञान महाशाखा प्रमुख वैज्ञानिक जगतदेवी रन्जितका अनुसार, वीरगन्ज चिनी कारखानाको सडक, नारायणी सिँचाइको नहर, वीरगन्ज पथलैष सडक छेउमा अत्यधिक पाइने पार्थेनियमले यतिबेला राजधानीका खुला ठाउँमा पनि जरा हालिसकेको छ । ‘२५/३० वर्षअघि चक्रपथ छेउछाउमा थाकल काँडा खुबै हुन्थ्यो, अहिले त्यो हरायो, पार्थेनियमको बर्चस्व देखिन्छ,’ रन्जितले भनिन् ।

उनका अनुसार, वागमती सडकको छेउछाउ र त्रिभुवन विश्वविद्यालय पार्थेनियम धेरै पाइने ठाउँ हुन् । मुख्य बालीको दाँजोमा तरकारी बालीहरू, गहुँ, मसुरो, आलु, उखु, तोरी र राजमा लगाउने किसानहरूका लागि पार्थेनियम ठूलो समस्या भइदिएको छ । यसले उत्पादनमा ह्रासमात्रै ल्याउँदैन मानिस र पशुका लागि पनि हानिकारक भएको वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् ।

यो झार उम्रेको ठाउँबाट हिँडडुल गर्दा वा यसको पातले जीउमा छुँदा रोगले संक्रमण गर्ने खतरा छ । यसले मानिसहरूमा डरमेटाइटिस, एक्जिमा, एलर्जी, ज्वरो, दम र ब्रोकाइटिस सार्ने सम्भावना पनि रहेको पत्ता लागेको छ । यो घाँस उम्रेको छेउछाउमा बहने हावाले चौपायाको लिभर, किड्नी र पाचन क्रियालाई असर पुर्‍याउँछ । यतिले मात्रै होइन गाई, भैंसीको दुःख उत्पादनमा पनि यसले पुर्‍याउँदछ । यतिमात्रै होइन पशुलाई मार्ने सेप्टेपसिमिया समेत यसले पैदा गराउँछ ।

एक वर्ष आयु भएको यो झार नियन्त्रण किसानका लागि समस्या हुँदै गएको वैज्ञानिक भूडेरले बताए । ‘युवा पुस्ताको श्रम पलायनका कारण कृषि मजदुरको अभाव भइरहकाबेला यो पनि बाधक भइदिएको छ,’ वैज्ञानिक भूडेरले भने । यस झारको व्यवस्थापन गर्न फुल्नुअघि नै उखेलेर जलाइए वा प्रभावित क्षेत्रमा गेदाको फूल लगाइए नियन्त्रण गर्न सहज हुने नार्कले बताएको छ । त्यसैगरी बालीयुक्त जग्गामा छिटो पाक्ने बालीहरू सनई, ढैचा, ग्वार, बाजरा लगाइदिँदा पनि पार्थेनियम नियन्त्रण