राजनीतिज्ञ किसान

This post has already been read 144 times!

जुम्ला,   २० वर्षे सक्रिय राजनीति त्यागेर जुम्लाको चन्दननाथ-५ स्थित रेडिखेल्ला लेकतिर उक्लिँदा रामकृष्ण बुढथापा, ६७, ले छरछिमेक त परै जाओस्, परविारको समेत हौसला पाएनन्। तैपनि, उनले बुट्यान फाँडेर लेकमा स्याउ रोपे। वनबाट लोपोन्मुख जडीबुटीका बीउ र जरा ल्याएर नर्सरी बनाए। मौरी पाले। जर्सी गाई ल्याएर खलंगामा पहिलो डेरी खोले। अहिले उनी सिंगो कणर्ालीकै नमुना किसान बनेका छन्।उनले जडीबुटीको नर्सरी बनाउनु र बहुराष्ट्रिय कम्पनी डाबर नेपालले चासो दिनु सँगसँगै भयो। त्यस्ता कम्पनी र गैरसरकारी निकायका निम्ति उनलाई जडीबुटी स्रोत व्यक्ति बन्ने मौका जुर्‍यो। गरबिी निवारण कोषले कबुलियत वनमा जडीबुटी खेतीमा किसानलाई सघाउने कार्यक्रम ल्यायो। बुढथापाकै नर्सरीबाट बिरुवा खरदि भए। जिल्ला वन र वनस्पति कार्यालयले समेत उनकै नर्सरीबाट बिरुवा किने।JumlaNewsagroबुढथापाको फार्ममा गुच्छीच्याउ र यार्सागुम्बुबाहेक जुम्लामा पाइने सबै खाले जडीबुटी छन्। व्यावसायिक रूपमा चिराइतो, कुड्की, सुगन्धवाल, अक्करकाँडा, अतिसका बिरुवा अत्यधिक बिक्री हुन्छन्। भन्छन्, “बर्सेनि साढे तीन लाखसम्मका जडीबुटी-बिरुवा बेचियो। राजनीतिले बिग्रेको मेरो आर्थिक अवस्था त्यसैले धान्यो।”

०२६ सालताका जुम्लाको स्थानीय चन्दननाथ बहुउद्देश्यीय हाई स्कूलमा कृषि शिक्षक थिए, बुढथापा। केही पछि उनी राजनीतिमा सक्रिय भए। ०३४ सालमा जनपक्षीय उम्मेदवार बनेर चन्दननाथ गाउँ पञ्चायतको प्रधानपञ्च चुनिए। तर, पञ्चायतको विरोध गर्दै उनले राजीनामा दिए। उनलाई पटक-पटक जेल हालियो। राजकाज अपराधमा जेल पर्दा डोल्पामा कार्यरत कर्मचारीहरूले चन्दा उठाएर मुक्त गराएको उनी सम्झन्छन्।

नेपाल मजदुर किसान पार्टीका उपाध्यक्ष रहिसकेका बुढथापा ०५५ सालदेखि कृषि कर्ममा लागेका हुन्। उनीकहाँ अहिले ६१ घार मौरी छन्। बर्सेनि तीन क्विन्टलभन्दा अधिक मह उत्पादन गर्छन्। उच्च हिमाली भेगको मह राजधानी मात्र होइन, युरोप र अमेरकिामा समेत लोकपि्रय छ। सुनाउँछन्, “धेरै प्रजातिका फूलको रस र केशरबाट बन्ने मह औषधी हो। महँगो हँुदाहँुदै पनि माग पुर्‍याउन सकिएको छैन। जुम्लाको मह एक हजार रुपियाँ प्रतिकिलो बिक्री हुने गरेको छ।

बुढथापा अहिले रेडिखेल्ला लेकमा बसेर कृषिकर्म गररिहेका छन्। उनको बगैँचाका दुई सय बोटमा स्याउ फल्छन्। अहिले एक सय बोट थपेका छन्। बर्सेनि कम्तीमा तीन-चार टन स्याउ बेच्छन्। मोटरबाटो खुलेपछि यहाँको अग्र्यानिक स्याउले काठमाडाँैमा समेत भाउ पाउन थालेको छ।

उनले काठमाडाँैबाट ल्याएका दुईवटा जर्सी गाईले दैनिक २० लिटरभन्दा धेरै दूध दिन्छन्। अरू किसानलाई पनि प्रेरति गरेर उनले सहकारी बनाएर दूध डेरी सञ्चालन गरेका छन्। पछिल्लोपटक उनले सुगन्धित जडीबुटी प्रशोधन सुरु गरेका छन्। जटामसीको २० लिटर र देवदारको ४० लिटर तेल उत्पादन गरसिकेका छन्।

त्यसो त उनले राजनीति पनि छाडेका छैनन्। यसै वर्ष उनले ‘नयाँ साम्यवादी दल, नेपाल’ खोलेका छन्। दलको सदस्य बन्न कुनै न कुनै उत्पादनसम्बन्धी काममा संलग्न रहेको हुनु अनिवार्य छ। कृषिप्रधान देशमा किसानहरू नै नेता हुनुपर्ने उनको धारणा छ।

बुढथापाको कृषि फार्ममा पाँच जनाले रोजगारी पाएका छन्। शिक्षा योजना व्यवस्थापनमा स्नातकोत्तर गरेका छोरा राधाकृष्ण, ४०, ले प्रोजेक्टको काम छाडेर फार्ममा सघाउन थालेको उनी सुनाउँछन्। भन्छन्, “पहिले मूर्ख भन्नेहरू अहिले सम्मान गर्न थालेका छन्। त्यसमै सन्तोष छ।”

– जनक नेपाल/खलंगा