खानेतेलमा अखाद्य वस्तु भेटियो

This post has already been read 271 times!

पाल्पा, पाल्पाको तानसेनमा अंकुर ब्राण्डको खाने तेलमा अखाद्य वस्तु भेटिएको छ। तानसेनको कैलाशनगरस्थित गगन स्टोर्सबाट स्थानीयले किनेर घरमा ल्याएको तेलमा लेदो भेटिएको हो। गोविन्द इन्डष्ट्रिज भैरहवाबाट उत्पादित अंकुर ब्राण्डको तोरीको तेलमा बाक्लो लेदो सहित, चोक्टा चोक्टा मिसिएर धमिलिएको तेल भेटिएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए।

जिल्ला अनुगमन टोलीले गगन स्टोर्समा छापा मारी ६४ लिटर तेल जफत गरेको छ। प्रशासनले अर्को आदेश नभएसम्मको ला

Food Oil

गि उक्त ब्रान्डको तेल बिक्रीवितरणमा रोक लगाएको बरालले बताए। तेल परिक्षणको लागि भैरहवा पठाइएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका शाखा अधिकृत बालकृष्ण गैरेले बताए। पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको अगुवाईमा गरिएको अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी, अनुसन्धान विभागका प्रतिनिधिहरुको सहभागिता थियो। केही महिना अघि पनि दुर्गा माडर्न आयल मिल भैरहवाबाट उत्पादित सुनकोशी र निर्मल ब्राण्डको तोरीको तेलमा अखाद्य वस्तु भेटिएपछि प्रशासनले उक्त ब्राण्डका तेलहरु केही समयसम्मको लागि बिक्री बितरणमा रोक लगाएको थियो।

नागरिकबाट

Comments are closed.