उत्तरी गोरखामा अनुदानका स्याऊ रोपिने

यो समाचार 229 पटक पढिएको

गोरखा,  माघ २२ /  जिल्ला कृषि विकास कार्यालय गोरखाले जिल्लाका उत्तरी क्षेत्रका गाविसहरुमा स्याऊ र नास्पातिका विरुवा बाँड्ने भएको छ ।कार्यालयले जुम्लाबाट स्याउको विरुवा ल्याएर किसानहरुलाई अनुदानमा वाँड्न लागेको हो । जुम्लाबाट ल्याइएका रोयल डेलिसियस र गोल्डेन डेलिसियस जातका विरुवा उत्तरी क्षेत्रतर्फ पठाइसकिएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले जानकारी दिनुभयो ।किसानको माग अनुसारको विरुवा त्यसतर्फ पठाइएको उहाँले बताउनुभयो । जिल्लामा स्याऊ खेती हुने क्षेत्रको विस्तारसँगै नमुना बगैंचा स्थापनाका लागि अनुदानमा विरुवा उपलब्ध गराइएको उहाँको भनाई छ ।Apple Tree in field

तस् विरुवा जिल्लाको उत्तरी भेगका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, र छेकम्पार गाविसका ६० रोपनी जमिनमा लगाइने छ । करिव एक हजार विरुवा वाँड्ने लक्ष्य भएपनि किसानको माग अत्यधिक भएपछि थप दुई हजार विरुवा ल्याइएको कार्यालयका वागवानी विकास अधिकृत विष्णुकुमार श्रेष्ठले बताउनुभयो ।

सदरमुकामबाट ४ देखि ७ दिनसम्मको पैदलयात्रामा पुगिने ती गाविसहरुमा स्याऊका विरुवा ढुवानीका लागि मनासलु संरक्षण क्षेत्र आयोजना एमक्यापले सघाएको हो । ढुवानी अनुदान दिएपनि किसानले एउटा विरुवाका लागि २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

कार्यालयले अनुदानमा विरुवा दिएपनि त्यहाँ यसअघि उत्पादन हुँदै आएका स्याऊले भने वजार पाउन सकेको छैन । झण्डै साढे २ दशकअघिदेखि त्यहाँका किसानले ब्यवसायिक सोचका साथ स्याऊ उत्पादन गर्दै आएपनि वजार नजिक नभएका कारण वजार पाउन नसकेको हो ।

यस क्षेत्रको सबभन्दा नजिकको वजार आरुघाट आइपुग्न पनि ३ दिन लाग्छ । स्याऊ बेच्दा ढुवानी खर्चसमेत उठाउन मुस्किल पर्ने भएकाले त्यहाँ उत्पादन गरिएको धैरैजसो स्याऊ कुहिएरै जाने गरेका छन् । अलिअलि भने मनासलु पदयात्रामा गएका पर्यटकहरुले खाने गरेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :