माटोको उर्वराशक्तिको नक्सा तयार

यो समाचार 320 पटक पढिएको

म्याग्दी, २१ माघ । बाली बिरुवालाई हुर्कन माटोमा आवश्यक तत्वको स्थिति पत्ता लगाउन म्याग्दी जिल्लामा माटोको उर्वराशक्तिको नक्सा तयार गरिएको छ ।Soil, Newsagroजिल्ला कृषि विकास कार्यालयको समन्वय र सहयोगमा माटो व्यवस्थापन निर्देशनालय क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराले जिल्लाका सबै गाविसको वडा तहको माटो परीक्षण गरी माटोको उर्वराशक्तिको नक्सा तयार गरेको हो । जिल्लाको विभिन्न ३६५ स्थानको माटोको नमुनालाई परीक्षण गरी उक्त नक्सा तयार गरिएको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
जिल्लाको उर्वराशक्तिको अवस्थाका बारेमा तयार गरिएको नक्सा प्रयोगसम्बन्धमा आज यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय र क्षेत्रीय माटो परीक्षण प्रयोगशालाको आयोजनामा भएको अन्तक्र्रियामा सहभागी सरोकारवालाले माटोको उर्वराशक्तिलाई सुधार गर्नका लागि जग्गाको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका प्रमुख वरिष्ठ माटो विज्ञ इन्द्रबहादुर वलीले जिल्लामा समग्र रुपमा माटोको अवस्था हल्का अम्लिय, नाइट्रोजनको स्थिति अधिक, प्राङ्गारिक पदार्थ मध्यम, फस्फोरस मध्यमदेखि अधिक र पोटासको स्थिति मध्यम रहेको पाइएको जानकारी दिनुभयो । माटोको नमुना परीक्षण गर्दा धेरैजसो जग्गाको माटो हल्का अम्लिय भएकाले त्यस्तो माटो सुधारका लागि गुणस्तरीय प्राङ्गारिक मल प्रयोग गर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले गुणस्तरीय प्राङ्गारिक मल उत्पादन र प्रयोगका लागि अहिले जिल्लामा भकारो सुधार कार्यक्रमलाई समेत अगाडि बढाइएको बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :