गोरखामा सुन्तलाका बोट मर्न थाले

यो समाचार 206 पटक पढिएको

गोरखा, २१ माघ । सुन्तलाका बोट मर्न थालेपछि गोरखाका किसान चिन्तित हुन लागेका छन् । देशैभरि सुन्तलाका लागि ख्याति कमाएको गोरखामा पछिल्ला वर्षहरूमा सुन्तलाको उत्पादन घट्दै गएको छ ।

Orange In Iree

सुन्तलाको बिरुवाको टुप्पो सुक्दै जाने र जरा कुहिनेजस्ता रोगका कारण सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादनमा कमी आएको हो । घरघरमा लगाइएका सुन्ताका बोटमध्ये हरेक वर्ष ५/७ वटाका दरले बोट सुक्ने र भएका बोटमा पनि ‘स–साना’ दाना लागेपछि किसान चिन्तित भएका हुन् । ताङ्लीचोकका हरिलाल पन्तको बारीमा उत्पादन दिँदै आएको ३५० वटा सुन्तलाका बोटमध्ये यो वर्ष ३० भन्दा बढी बोटमा ‘स–साना’ दाना लाग्यो ।

 

गत वर्ष ५/६ बोटमा त्यस्तै फल लागेको र यो वर्ष ती बोट सुकेको कृषक पन्त बताउनुहुन्छ । विगतका वर्षहरूमा बोट राम्रो हुँदा रु चार लाखसम्मको व्यापार गरेका पन्तले गत वर्ष जम्मा रु ८० हजारको सुन्तलामात्रै बेच्नुभयो । यो वर्ष त झन व्यापार घटेर रु १६ हजारमा झरेको पन्तले बताउनुभयो । यस्तै समस्या ताक्लुङ गाविसका यामबहादुर थापाको पनि छ । थापाको पनि विगत केही वर्षदेखि त्यसरी नै सुन्तलाका १०/१२ बोट क्रमशः वार्षिक रूपमा सुक्दै जान थालेका छन् । सुन्तलाका बोट मरेपछि काटेर दाउरा बाल्नुपरेको तीतो यथार्थ थापाले बताउनुभयो । सुन्तला उत्पादनमा बर्सेनि कमी हुँदै आएको जिल्ला कृषि विकास कार्यालय गोरखाका कृषि प्राविधिक प्रकाश बस्ताकोटी बताउनुहुन्छ । –

रचनात्मक प्रतिक्रिया दिनुहोस् :