बन्दाभित्र काउली फलेपछि ..

यो समाचार 430 पटक पढिएको

पोखरा, माघ २० /  प्रकृतिको नियम नै हो बीउ जुन लगायो, फल पनि त्यसैको फल्छ । तर कहिलेकाहीँ प्रकृति पनि झुक्किँदो रहेछ । करिब २ महिना अगाडि पोखरा नयाँबजारकी शान्ति पौडेलले करेसाबारीमा बन्दाको विरुवा लगाउनुभयो । मलजल र पानीको मात्रा मिलाउँदै जाँदा सँगै रोपिएका अरु विरुवाको तुलनामा एउटा विरुवा बढि सप्रियो । तर प्रकृति र स्वरुप भने बन्दाकै आकारको थियो ।

फल पनि अरुभन्दा ठूलो भएकाले आफ्नै बारीमा फलेको बन्दासँगै बस्ने छिमेकीलाई बाँडेर आधा आधा भाग लगाउन काट्दा बन्दाभित्र काउली फलेको देखेपछि, शान्ति अचम्ममा पर्नुभयो । काउलीको बाहिर केही पत्र मात्रै पात रहेको छ ।

‘सुरुमा त बन्दाभित्र काउली फलेको देख्दा डर लाग्यो,’ उहाँले भन्नुभयो, ‘कहिल्यै नसुनेको कुरा आफ्दै घरमा देख्दा अचम्म लागेको छ ।’

वागवानी कृषि अनुसन्धान केन्द्र मालेपाटनका वरिष्ठ वैज्ञानिक राम बहादुर केसीले बन्दा, ब्रोकाउली र काउली एउटै परिवारका भएकाले कहिलेकाँही यस्तो हुनसक्ने बताउनुभयो ।

म्युटीसियनका कारण कहिलेकाहीँ लाखौं बन्दाभित्र काउली फल्नसक्ने उहाँले बताउनुभयो ।

साभार:  उज्यालो नेटवर्क

रचनात्मक प्रतिक्रिया दिनुहोस् :