तरकारीको मूल्य समायोजना गर्न कार्यदल गठन

यो समाचार 181 पटक पढिएको

‘मुनाफाखोरी व्यापारीलाई कालिमाटीबाट निकाल्छौंÓ : अध्यक्ष

काठमाडौं, २० माघ / सरकारले अस्वभाविक रूपमा बढ्दै गएको तरकारीको मूल्यलाई नियन्त्रणमा ल्याउन कार्यदल गठन गरेको छ। कृषि विकास मन्त्रालयले बजार विकास निर्देशनालयका वरिष्ठ बजार बिज्ञ टिकाराम शर्माको संयोजकत्वमा तीनसदस्यीय कार्यदल गठन गरेको हो।

Newsagro, kalimati market

कार्यदललाई एक महिनाभित्र स्थलगत अध्ययन गरेर सुझावसहितको प्रतिवेदन बुझाउन समयावधि दिइएको कालिमाटी फलफुल तथा तरकारी बिकास समितिका अध्यक्ष तथा मन्त्रालयका सहसचिब मोहनवहादुर चापागाईले जानकारी दिए। ‘उच्चस्तरबाटै मूल्य नियन्त्रण गर्न निर्देशन आयो,Ó कालिमाटी बजारद्वारा आइतबार आयोजित पत्रकार स मेलनलाई स बोधन गर्दै उनले भने,’ उक्त निर्देशनअनुसार हामीले कार्यदल गठन गरेर आवश्यक अध्ययनका लागि कार्यक्षेत्रमा खटाइसकेका छौं।Ó

 

सरकारले कूल लागत खर्चमा १० देखि २० प्रतिशतस म जोडेर मात्र व्यपारीले मुनाफा लिन सक्ने गरी गृहकार्य पनि सोही कार्यदलमार्फत सुरू गरेको छ। ‘व्यापारी र बिचौलियाले आवश्यकभन्दा बढी मुनाफा लिएका कारण उपभोक्ताले चर्को मूल्यमा तरकारी किन्न बाध्य छन,Ó अध्यक्ष चापागाईले भने,’किसानदेखि बजारस्थलस म देखिएका तीनदेखि चार चरणको बिचौलियाका तरकारीको मूल्यमा अस्वभाविक रूपमा बृद्धि भएको छ। यसैलाई नियन्त्रणमा लिन कार्यदल गठन गरिएको हो। सरकारी स्वामित्वको कालिमाटीमा बसेर अत्याधिक परिमाणमा मुनाफा लिएर उपभोक्तालाई ठग्दै आएका व्यापारीलाई निकाल्ने गृहकार्य पनि हामीले सुरू गरेका छौं।Ó अध्यक्ष चापागाईले कार्यदलले दिने प्रतिवेदनपश्चात मुनाफाखोरी व्यापारीलाई ठेगान लगाउने ध कीसमेत दिए।

 

उनका अनुसार कार्यदललाई छिमेकी मुलुक भारतको विभिन्न तरकारी बजारको स्थलगत अध्ययनका लागि पनि पठाइएको छ। त्यहाँका एउटा व्यापारीले कति हदस म मुनाफा लिने व्यवस्था छ। के आधारमा मूल्य निर्धारण गरिएको छ भन्ने बिषयमा अध्ययन गर्न कार्यदलका टोलीलाई पठाइएको हो। राजधानीस्थित अन्य तरकारी बजार र नेपालगञ्ज, भैरहवा, धरान, विराटनगर, पोखरा, काभ्रे, हेटौडा, लालवन्दी तथा भारतीय सिमानाका बजारमा तरकारीको मूल्य कस्तो छ भनेर कार्यदललाई अध्ययन गर्ने जि मेबारी दिइएको छ।

 

अबको एक महिनापछि उक्त कार्यदलले प्रतिवेदन बुझाउने जानकारी गराउदै उनले कार्यदलले दिएको प्रतिवेदनको आधारमा पहिलो चरणमा सरकारी स्वामित्वको कालिमाटी बजार र त्यसपछि अन्य बजारमा अनुगमन गरेर मूल्य नियन्त्रण गरिने जानकारी दिए। कालिमाटीमै थोक विक्रेता र खुद्रा बिक्रेता गरी दुई चरणमा रहेका व्यापारीका कारण कालिमाटी बजारमै अस्वभाविक रूपमा तरकारीको मूल्य बृद्धि भइरहेको जानकारी गराउदै उनले कार्यदलको प्रतिवेदन प्राप्त भएपछि कालिमाटी बजारबाट खुद्रा बिक्रेतालाई हटाइने बताए।

 

‘थोक विक्रेताबाट सस्तोमा तरकारी खरिद गरेर खुद्रा विक्रेताले त्यही बजारमा उपभोक्तालाई बढी मुनाफा लिएर तरकारी बिक्रि गरेको पाएका छौं,Ó उनले भने। अध्यक्ष चापागाईले आगामी फागुनदेखि कालिमाटी बजारमा उपकरणको सहयोगमा सबै प्रकारका तरकारी तथा फलफुलको घातक बिषादीस बन्धी परिक्षण गरेर मात्र भित्र्याउन दिने नीति लागु गर्न लागिएको जानकारी दिए।

 

बालि संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराम शर्माले हरियो तरकारीमा प्रयोग हुने बिषादीलाई नियन्त्रण गर्न उपकरणको प्रयोग गर्नुका साथै उपभोक्ता, तरकारी उत्पादक र व्यापारीलाई पनि आवश्यक जनचेतना दिने कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :