हिमाली परियोजनाबाट ५५ व्यवसायमा १३ करोड लगानी

This post has already been read 98 times!

दोलखा, २० माघ /  उच्च पहाड कृषि व्यवसाय तथा जिवीकोपार्जन सुधार (हिमाली) आयोजनाले ५५ वटा व्यवसाय योजनामा १३ करोड लगानी गरेको छ । हिमाली क्षेत्रका १० मा लागू गरिएको आयोजनाले स्थानीय व्यवसायीहरुका योजनाका आधारमा अनुदान स्वरुप लगानी गरेको हो । 

Coffe Fruit, Newsagroआयोजनाले जिल्लास्तरीय पृष्ठपोषण गोष्ठिको आयोजना गरी प्रस्तावहरु ल्याउन व्यवसायीहरुलाई समेत आव्हान गरेको छ । हिमाली क्षेत्रका १० वटा जिल्लामा दुई वर्षदेखि सुरु गरेको आयोजनाले अहिलेसम्म योजना छनौट गरी लगानी सुरु गरेको आयोजनाका निर्देशक डा. अमरबहादुर शाहले जानकारी दिए । उनका अनुसार आयोजनाबाट ५२ वटा उप आयोजनालाई ९ करोड अनुदान गर्ने सम्झौता गरी पहिलो किस्ता बापत २ करोड बढी अनुदान समेत उपलब्ध गराएको छ ।
कृषि र पशुपालनलाई व्यवसायीकरण गर्नका लागि सुरु गरेको कार्यक्रमका लागि योजनाका आधारमा ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । हालसम्म सबैभन्दा बढी दोलखाका ११ वटा आयोजना र सबैभन्दा कम सोलुखुम्बुको एउटा योजना स्वीकृत गरी लगानी गरिएको छ ।
हिमाली आयोजनामा २ सय ६० प्रस्ताव प्राप्त भएकोमा ५५ वटा स्वीकृत भएको उनले जानकारी दिए । त्यसैगरी १४ वटा स्थलगत प्रमाणिकरणको क्रममा रहेको, ९७ वटा परिमार्जनका लागि फिर्ता पठाएको, ९ वटा मूल्याङ्कन प्रक्रियामा रहेको र ८५ वटा अस्वीकृत भएका छन् ।
कार्यक्रम संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु र हुम्ला रहेका छन् । कार्यक्रम लागू भएका जिल्लामा पनि २ हजार मिटरभन्दा माथिलाई हिमाली क्षेत्र परिभाषित गरेको छ । जिल्लाभित्र हिमालीका योजनालाई ८० प्रतिशत र २ हजारमिटरभन्दा तलको योजनालाई ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।
आयोजनाले बिभिन्न ४१ उत्पादन तथा बस्तुहरु उपयुक्त लगानीका लागि छनौट गरिएको उनले बताए । पशुपालनमा ऊन, पश्मिना, याक चीज, दूध उत्पादन, प्रशोधन र मासुजन्य व्यवसाय हुने उनले जानकारी दिए । त्यसैगरी कृषि बालीमा फलफूल, तरकारी, तरकारी बिऊ उत्पादन, मसला बाली, आलु बिउ, सीमी, स्थानीय अनाज प्राथमिकताका सूचीमा छन् ।
वनजन्य व्यवसाय जडिबुटीमा अल्लो, चिराइतो, अर्गेली, सुगन्धवाल, जटामसी, अकरकरा, पदमचाल, डालेचूक, अतिस, केशर रहेका छन् । ट्र«ाउट माछा पालन कृषि—पर्यटन तर्फ माग र आवश्यकता अनुसार अन्य वस्तुहरुको राम्रो मूल्य आउनले कृषि जन्य वस्तुलाई पनि लगानी गर्न सकिने उनले बताए ।
दोलखाका आयोजना कार्यान्वय समितिका संयोजक समेत रहेका जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशुचिकित्सक डा. तेजबहादुर रिजालले दोलखाबाट हालसम्म ४४ वटा प्रस्ताव परेको जानकारी दिए । दोलखामा प्राप्त प्रस्तावहरु मध्ये सबैभन्दा बढी पशुपालनमा २६ वटा प्राप्त भएको जानकारी दिए । त्यसैगरी कृषि व्यवसायका लागि ११ वटा वनमा आधारित ५ वटा र अन्य २ वटा रहेको छ । स्वीकृत ११ योजनामा २ करोडको अनुदान प्राप्त भएको समेत बताए ।
आयोजनाको उच्च पहाडी जिल्लाका बासिन्दाको आयआर्जनमा सहयोग पु¥याउने र जिवीकोपार्जनमा दिगो सुधार गर्ने, हिमाली क्षेत्रको अबस्थिति तथा अलग जलवायुका कारण उपलब्ध उत्पादनहरुको मूल्य श्रृंखला विकास गर्र्ने र रोजगारी सिर्जना गर्ने उद्देश्य राखेर काम गरेको उनले बताए । आयोजनाले एउटा व्यवसायमा न्यूनतम २ लाख ५० हजारदेखि अधिकतम २ करोडसम्म लगानी गर्न सक्ने योजना राखेको छ ।
आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकले २० मिलियन अमेरिकी डलर ऋण लगानी गरेको छ । योजना २०१७ सम्म कार्यान्वयन हुने छ ।