एक क्विन्टल तौल भएको खसी

यो समाचार 223 पटक पढिएको

कैलाली, १८ माघ / बैतडीको पाटन गाविस वडा नं– ४ लोरखाकी लक्ष्मी जोशी (कुमार)ले पालेको एक क्विन्टलको खसी बिक्रीका लागि धनगढी ल्याइएको छ । एक सय किलो तौल रहेको खसी बैतडी जिल्लामा कसैले पनि नकिने पछि बिक्रीका लागि मङ्गलबार धनगढी ल्याइएको हो ।

Goat

धनगढी ल्याइएको तीन दिनसम्म खसी बिक्री हुन नसकेको लक्ष्मीका श्रीमान् जनकराज जोशीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार खसीको उमेर साढे दुई वर्ष रहेको छ । जिल्लामा ३३ हजारसम्म दिने ग्राहक आएको तर आफूले ४० हजार मूल्य भनेपछि कुरा नमिलेको उहाँको भनाइ छ ।

 

 

बिक्रीका लागि आफन्त, नातागोता सबैसँग खबर गर्दासमेत बिक्री नभएपछि गाडीमा राखेर धनगढीमा ल्याइएको उहाँले बताउनुभयो । ‘यता पनि बिक्री हुन समस्या होला जस्तो छ’ उहाँले भन्नुभयो, “चारदिन भइसक्यो कसैले पनि किन्ने आँट गर्दैनन् ।” जीउँदो अवस्थामै बजार भाउअनुसार कसैले किनिदिएको भए आफूलाई सजिलो हुने उहाँले बताउनुभयो ।

 

धनगढी पु¥याएदेखि साथमा खसी लिएर बजारमा गइरहेको भए पनि यतिठूलो खसीको मासु किन्ने मानिस जुट्न नसक्ने भन्दै कसैले पनि खसी काट्न नचाहेको जनकराजले बताउनुभयो । बैतडी जिल्लाको पाटन–४ लोरखामा पाँच वर्ष पहिले राजेन्द्र भण्डारीको घरमा पालेको खसी काटिसकेपछि १०६ किलो पुगेको बताइन्छ । त्यसपछि जिल्लामा सबैभन्दा बढी तौल भएको सम्भवतः यही खसी नै भएको थाहा भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :