वार्षिक साढे ११ अर्बको मकै, भटमास र पिना आयात

यो समाचार 371 पटक पढिएको

काठमाडौं,   पोल्ट्री व्यवसायमा नेपाल आत्मनिर्भर भए पनि आवश्यक दाना उद्योगको कच्चापदार्थ खरिदमा भने अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । मागअनुसार दाना नेपालमै उत्पादन भए पनि त्यसका लागि आवश्यक कच्चापदार्थ मकै, भटमास, सूर्यमुखीको पिना र तिलको पिनालगायत खरिदका लागि मात्रै बर्सेनि साढे ११ अर्ब बिदेसिने गरेको दाना उद्योग संघले जनाएको छ । Dana नेपालमै उत्पादनको प्रशस्त सम्भावना रहेको भटमास खरिदका लागि मात्रै गत वर्ष ५ अर्ब रुपैयाँ बिदेसिएको संघको त दान उद्योगका कारण कुखुरा व्यवसाय आत्मनिर्भर भएकाले कच्चापदार्थमा समेत आत्मनिर्भर बनाउन सरकारले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । “पोल्ट्री व्यवसायको मुख्य हिस्सा दानामा मात्रै करिब ३५ अर्ब लगानी छ,” भट्टराईले भने, “स्वदेशमै कच्चापदार्थ उत्पादन बढाउन सकिए अर्बौं बिदेसिनबाट रोक्न सकिन्छ तर सरकारलाई वास्तै छैन ।” सरकारले सहयोग गरे ५ वर्षभित्र सबै कच्चापदार्थमा देशलाई आत्मनिर्भर बनाउन सकिने दाबी उनको छ । सरकारको सानो प्रयासले मात्रै पनि भटमास र मकै उत्पादन बढाउन सकिने उनी बताउँछन् ।थ्यांक छ । दाना उद्योगहरूले साढे ४ अर्बको मकै भारतलगायतका मुलुकबाट ल्याएका थिए । १ अर्ब रुपैयाँबराबरको सूर्यमुखी पिना र ८० करोडबराबरको तिलको पिना पनि बाहिरबाट ल्याइएको थियो । देशभर दाना उत्पादन गर्ने उद्योग १ सय १७ वटा रहेको संघ अध्यक्ष डा। तिलचन्द्र भट्टराईले बताए । सरकारले स्पष्ट नीति तथा कार्यक्रम तयार गरे संघले उत्पादित कच्चापदार्थ खरिदको ग्यारेन्टी लिने जनाएको छ । “नियमित बालीलाई समेत असर नगर्ने गरी फागुन–चैतदेखि जेठ–असारको समयलाई उपयोग गरेर मकैखेती गर्न सकिन्छ,” भट्टराईले भने, “हाइब्रिड बीउ प्रयोगलाई प्राथमिकता दिने, मलखाद र सिँचाइको मात्र व्यवस्था गर्ने हो भने पनि हालको उत्पादकत्व धेरै गुणाले बढाउन सकिन्छ ।” यसो गरिए मकैको उत्पादकत्व प्रतिहेक्टर ३ मेट्रिकटन ९हाल०बाट ३ वर्षमा प्रतिहेक्टर ९ मेट्रिक टन बढाउन सकिने दाबी उनले गरे । बजार मूल्यअनुसार उत्पादित मकै खरिदको जिम्मा संघले लिने उनले बताए । गत वर्षमात्र देशभर २७ अर्ब ७७ करोड रुपैयाँबराबर दाना कारोबार भएको थियो । नेपालमा उत्पादित दानामध्ये ९५ प्रतिशत पोल्ट्री व्यवसायमा खपत हुने गरेको छ । मकैको उत्पादन बढाउन सरकारले ‘मिसन मकै’ कार्यक्रम सञ्चालन गरे पनि ठूलो मात्रामा उत्पादन बढाउन मिसनले काम गर्न नसकेको कृषि क्षेत्रका जानकार बताउँछन् । उत्पादनमा भारी वृद्धि गर्न साना कार्यक्रम छरेर नभई ठोस र नतिजामूलक कार्यक्रममा लगानी गरिनुपर्ने उनीहरूको सुझाव छ । बर्डफ्लुका कारण दाना खपतमा कटौती हुँदा हाल दाना उत्पादन ३० देखि ३५ प्रतिशतले घटेको संघले जनाएको छ । गत वर्ष ६४ अर्ब ६२ करोडका कुखुरा र अन्डालगायत पोल्ट्री कारोबार भएको तथ्यांक छ । बर्डफ्लुका कारण गत साउनयता मात्रै कुखुरा र चल्ला गरी १९ लाख ६४ हजार, अन्डा ३० लाख २५ हजार र दाना १ लाख ७२ किलो नष्ट गरिसकिएको पशु सेवा विभागले जनाएको छ ।  कारोबार दैनिकबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :