१९ जिल्लामा कृषि तथा खाद्य सुरक्षा आयोजना

This post has already been read 190 times!

काठमाडौं, माघ १३ \ सरकारले यसै आर्थिक वर्षदेखि १९ जिल्लामा कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रम सञ्चालन गर्ने भएको छ। कृषि विकास मन्त्रालयले मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल क्षेत्रका मध्य पहाडी र उच्च पहाडी क्षेत्रका १९ जिल्लामा आगामी पाँच वर्षका लागि यो आयोजना सञ्चालनमा ल्याउन लागेको हो। कृषि तथा पशुजन्य उत्पादनको उत्पादन र उत्पादकत्व वृद्धि गरेर लक्षित समुदायको खाद्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले उक्त आयोजना सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले जानकारी दिए। उनले भने, ‘आयोजना जिल्लास्थित कृषि र पशुसेवा कार्यालयमार्फत सञ्चालनमा आउनेछ।Ó

आयोजनाअन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले प्रविधि विकास, स्वास्थ्य तथा जनसं या मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोषणस्थितिमा सुधारस बन्धी कार्यक्रम सञ्चालनमा ल्याउनेछ। कृषि तथा खाद्य सुरक्षा आयोजना (जीएएफएसपी) को अनुदान तथा विश्व ब्यांकको सुपरीवेक्षणमा सञ्चालनमा आउने यो आयोजनाका लागि जीएएफएसपीले चार करोड ६० लाख र नेपाल सरकारले एक करोड १० लाख अमेरिकी डलर उपलब्ध गराएका छन्। यसमध्ये प्राविधिक सहायतातर्फ ८० लाख अमेरिकी डलर विनियोजन गरिएको छ।

 
प्रवक्ता पाठकका अनुसार आयोजना सञ्चालनका लागि बुधबार मन्त्रालय र कृषि तथा खाद्य संगठन (एफएओ) बीच प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा स झौतासमेत स पन्न भएको छ। मन्त्रालयका सचिव जयमुकुन्द खनालको उपस्थितिमा स पन्न स झौताको पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव डा. राजेन्द्रप्रसाद अधिकारी र खाद्य तथा कृषि संगठनका तर्फबाट नेपालस्थित आवासीय प्रतिनिधि डा. सोमसाक पिपोपिन्योले हस्ताक्षर गरेका थिए।

 
कृषि संगठनका आवासीय प्रतिनिधि डा. पिपोपिन्योले स झौताअनुसारको कार्य गरेर कृषि विकासमा सहयोग पु:याउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको कृषि तथा पोषणको क्षेत्रमा यस्तो प्रकारको सहयोगले निरन्तरता पाउने जानकारी दिए। सचिव खनालले आयोजनाले अपेक्षाअनुसार प्रतिफल प्राप्त गर्ने विश्वास व्यक्त गरे।

Comments are closed.