तीस जिल्लामा खोरेत प्रकोप

This post has already been read 114 times!

काठमाडौं,  माघ १३ \ सरकारले ३० भन्दा बढी जिल्लाका पशुमा खोरेत रोगको प्रकोप देखापरेको जनाएको छ। कृषि विकास मन्त्रालयले विज्ञप्तिमार्फत यो जानकारी दिएको हो।

 

Animal Desease

गाई, भैंसी, बंगुर, बाख्रामा रोगको प्रकोप देखापरेको मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले जानकारी दिए। उनका अनुसार तत्कालै रोग नियन्त्रणका लागि सरोकारवाला निकायलाई निर्देशन दिइएको छ। मन्त्रालयले रोग प्रभावित क्षेत्रमा पशुलाई सामूहिक चरनमा नलगेर गोठमा बाँधेर रा न, रोग प्रभावित पशु बिक्रीवितरण नगर्न, अन्य पशुसँग नमिसाउन र रोग नियन्त्रणका लागि जैविक सुरक्षाको उपाय अवल बन गर्न सरोकारवाला निकायलाई सतर्क गरेको छ।
भेटेनरी चिकित्सक मुकुल उपाध्यायका अनुसार यो रोगबाट प्रभावित भएका चौपायाको खुर, मुख, जिब्रो र गिँजामा घाउ आउने, मुखबाट फिँज आउने, ज्वरो आउने तथा खुट्टा लंगडाउनेजस्ता लक्षण देखा पर्छन्। रोगका कारण कम उमेरका बाख्रा, बाच्छाबाच्छी, गाई र भैंसी मर्ने स भावना हुन्छ। यसका साथै दूध उत्पादनमा पनि कमी आउँछ। खोरेत सरुवा रोग हो।