नेपाल डेरी एशोसियसनमा सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व

यो समाचार 114 पटक पढिएको

काठमाडौ, ३० पुस । नेपाल डेरी एसोसियसनको १९ औ वार्षिक साधारण सभा तथा सातौ राष्ट्रिय महाधिवेशनले राधाकृष्ण सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

उक्त साधारण सभाले एसोसियसनको बरिष्ठ उपाध्यक्ष, प्रथम दितीय, तृतीय र चतुर्थ उपाध्यक्ष र महासचिवमा क्रमश: रेशमराज पन्थी, राजन चिमोरिया, ज्ञानेन्द्र बजगाई , राजनप्रसाद दाहाल , कर्णबहादुर हमाल र प्रह्लाद दाहाल निर्वाचित भएका छन ।

महाधिवेसनबाट सचिव, सह सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः विजयप्रसाद चौरसिया, रेशम बहादुर खड्का, दयाराम भण्डारी र दिप प्रसाद धमला चयन भएका छन भने सदस्यहरुमा राम प्रसाद पौडेल ,तिर्थ अधिकारी , बद्री प्रसाद ढकाल, मनोज कुमार घिमिरे , रामचन्द्र बराल ,श्याम केसी , प्रेम प्रकाश पाठक , टिका प्रसाद घिमिरे , शिवलाल भुषाल प्रकाससामन्त र शिवलाल भुसाल रहेका छन ।

महाधिवेसनले प्रदेस नं १ मा हेम चन्द्र खनाल , २ मा राधौ सिंह , ३ मा रञ्जन प्रसाद दाहाल , ४ शिवहरी आचार्य , ५ मा कृष्ण खिम भट्टराई , ६ प्रेम बहादुर विसी र ७ मा भुपेन्द्र थापालाई संयोजकमा निर्वाचित गरेको छ । पौष २९ गते काठमाडौंमा भएको महाधिवेसनले डेरी क्षेत्रको विकासका लागि विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :