कतारको कमाई डेढ करोड नवयुगमार्फत नेपालको कृषिमा

यो समाचार 145 पटक पढिएको

सुवास खड्का

दोहा (कतार), ३० पुस । नेपालको कृषि क्षेत्रमा नवयुग नेपाल एग्रो प्राइभेट लिमिटेडले डेढ करोड लगानी गर्न लागेको छ । कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम सुरुवात भएको नवयुग नेपाल एग्रो प्रालिले डेढ करोडको लगानी कृषि क्षेत्रमा गर्दै छ।
गतबर्ष चैतमा सामुदायिक लगानी, समाजको उन्नति, समाजको उन्न्ति नै राष्ट्रको प्रगति” भन्ने मूल नारा र प्रतिवद्धताका साथ खाडी मुलुक कतारमा कार्यरत रहेका नेपालीहरूको एक भेलाले होमनाथ बाँसकोटाको अध्यक्षतामा नवयुग नेपाल गठन गरेको थियो ।

जस अन्तर्गत नै कम्पनीको पहिलो सुरुवाति कार्य चितवनको भरतपुर महानगरपालिका २६ खद्रोलिमा ३ हजार ५०० कमर्सियल लेयर्स कुखुरा पालनबाट गर्न लागिएको कम्पनीका अध्यक्ष होमनाथ बास्कोटाले जानकारी दिए । उनले कम्पनीको प्रधान कार्यलय चन्द्रागिरि नगरपालिका १० काठमाडौं मा रहेको समेत जानकारी दिए ।

कुल ६ जना संचालक समिति रहेको नवयुग नेपाल एग्रो प्रालिमा कुल १८ जनाको शेयर सदस्य संख्या रहेको छ। आफ्नो गृहजिल्लामा डेढ करोडको लगानीबाट नवयुगको काम सुरुवात भएकोमा र यसको मुख्य जिम्मेवारी आफुमा आएर आफुलाई धेरै जिम्मेवारीबोध गराउने संचालक समिति शेयर सदस्य साथीभाइ लगायत सबैलाई ओजपुर्ण रुपमा धन्यवाद सहित खुशी ब्यक्त गर्दे कम्पनीका सह कोषाध्यक्ष बिमल आचार्यले थप लगानी बढाउन केन्द्रीय तहसम्म जानकारी गराउने बताए ।

विभिन्न ठाउँ भुगोल र बाताबरणको बैज्ञानिक अनुसन्धानका साथ साथै उत्पादनमुखि राष्ट्रको परिकल्पना आफुहरुको चाहाना भएको सचिव प्रकाश चन्दर दर्नालले बताउदै थप जिम्मेवारी बहन गरि समग्ररुपमा अझै एकिकृत ढंगले अगाडि बढनु पर्ने जानकारी दिए ।

यस्तै कम्पनीको कोषाध्यक्षमामा रहनुहुने बाबुराम गैरेले युवालाई कृषि कै माध्यमबाट मात्रै पलायनको बाटो रोक्न सकिने भन्दै हाम्रो नवयुगले ७५ वटै जिल्लामा नाम लेखाउने बताए । कम्पनी कै उपाध्यक्ष रहेका गणेश भण्डारीले हामीले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने भनाइलाई मनन गर्दै नवयुगको सुरुवात गरेको जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :