मोनसान्टो बीउ आयात तथा बिक्रि बितरणमा रोक लगाउ : सर्वोच्च अदालत

This post has already been read 86 times!

काठमाडौं, माघ १३\  सर्वोच्च अदालतले मोनसान्टो क पनीद्वारा उत्पादित विभिन्न वालीका वीउ आयात तथा बिक्रि बितरणमा रोक लगाउन आइतबार सरकारको नाममा अन्तरिम आदेश दिएको छ।

Monsanto 1

अदालतका न्यायधिशद्वय क ल्याण श्रेष्ठ र तर्कराज भट्टको संयुक्त इजलासले उक्त क पनीको जेनेटिक ल्ली मोडिफाइ अर्गानिज्म(जीएमओ- वंशाणुगत गुणमा फेरबदल गरिएका) बीउ आयात नगर्न तथा बिक्रि बितरणसमेत गर्न नदिन आदेश दिएको हो। ‘रिट निवेदनको अन्तिम टुँगो नलागेस म आयात र बिक्रि बितरण नगर्न अन्तरिम आदेश दिएको छ, इजलासको आदेशमा भनिएको छ,’आनुवाँशिक गुण नै परिवर्तन गरी खाद्य सुरक्षा र वातावरणमा पर्न सक्ने प्रभावलाई तत्काल नकार्न सकिएन।

 

वीउविजन आयात तथा विक्री वितरण गर्न रोक लगाउने यस अघि न्यायधिश बैद्यनाथ उपाध्यायको एकल इजलासले गरेको आदेशलाई सर्वोच्चको संयुक्त इजलासले निरन्तरता दिइएको हो। गत पुस १४ गते खाद्यान्न र तरकारी बालीको बीउ उत्पादन गर्ने बहुराष्ट्रिय क पनी मोनसान्टोलगायत अन्य क पनीको बीउ आयात तथा बिक्रिमा रोक लगाउन माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले रिट दायर गरेका थिए।

 

अधिवक्ता अर्यालले यस्ता क पनीद्वारा उत्पादित बीउ एकपटक प्रयोग गरेको जग्गामा पछि अर्को बीउ लगाएर उत्पादन गर्न नसकिने दावी गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि विकास मन्त्रालय, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद(नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई बिपक्षी बनाएर रिट दायर गरेका थिए।

 

सरकारले भने बहुराष्ट्रिय क पनी मोनसान्टोद्वारा उत्पादित जीएमओ जातका बीउ नेपालमा आयात तथा बिक्री गर्न प्रतिबन्ध रहेको दावी गर्दैआएको छ। मोनसान्टो क पनीको बीउको आयात तथा बिक्रि बितरणमा रोक लगाउनुपर्ने माग रा दै पछिल्लोसमयमा विभिन्न सरोकारवाला निकायले मुलुकभर ठूलो विरोधका कार्यक्रमहरू सञ्चालनमा ल्याएका थिए।