अदुवाको आयात मूल्य निर्यातको दोब्बर

यो समाचार 214 पटक पढिएको

  • निर्यात प्रतिकिलो २१, आयात ४८ रुपैयाँ 

काठमाडौं, काठमाडौं, ११ माघ \  प्रमुख मौसममा अदुवा निकासीको तथ्यांकले धेरैलाई खुसी बनाए पनि त्यही अदुवा आयात गर्दा त्यसको झन्डै एकतिहाइ रकम बाहिरिने गरेको छ । स्वदेशको मागअनुसार भण्डारण क्षमता र बजार व्यवस्थापन नहुँदा बेमौसममा आयात गर्नुपर्ने अवस्था छ । आयात गर्दा निकासीभन्दा दोब्बर मूल्य तिर्नुपरेको छ ।

GingerNews Agro

पछिल्लो आधा दशकमा अदुवाको निकासी मूल्य प्रतिकिलो २१ रुपैयाँभन्दा बढ्न सकेको छैन । आयात गर्दा भने ३० देखि ५० रुपैयाँसम्म पर्ने गरेको छ । गत आवमा प्रतिकिलो औसत ३२ रुपैयाँमा आयात गरिएको थियो । आव ०६८\६९ मा ४८ र ०६७÷६८ मा ४४ रुपैयाँमा आयात गरिएको तथ्यांक छ ।

 
गत आर्थिक वर्ष १ अर्ब ३३ करोड मूल्यबराबरको ६ करोड २८ लाख किलो अदुवा निर्यात गरिएको छ, । वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्र्रका अनुसार आयात १ करोड ४८ लाख किलो भएको छ । यसको मूल्य ४६ करोड ९८ लाख हुन्छ ।

 
केन्द्रका अनुसार आव ०६८\६९ मा २ करोड ४० लाख किलो ९५० करोड ७६ लाख रुपैयाँबराबरको० अदुवा निर्यात भएको छ । आयात भने १८ करोड १४ लाख रुपैयाँबराबरको ३७ लाख ५२ हजार किलोमात्रै भएको छ । पछिल्ला ३ वर्षको तथ्यांक हेर्ने हो भने २ करोड १२ लाख रुपैयाँबराबरको अदुवा निर्यात भएको छ ।

 

पछिल्ला वर्ष अदुवा उत्पादन क्षेत्र, उत्पादन र निर्यात बढ्दो क्रममा रहे पनि आयात मूल्यले जितेको छ । गत वर्ष भारतमा माग अत्यधिक भएपछि निकासीकर्ताले कृषकलाई अघिल्लो वर्षभन्दा दोब्बर रकम तिरेर निर्यात गरेका थिए ।

 
अदुवा निकासी हुने मुलुकमध्ये भारत अग्रणी छ भने बंगलादेशले पछ्याएको छ । यी मुलुकपछि जापान, बंगलादेश, श्रीलंका, अमेरिका, जर्मनीलगायत पर्छन् । निर्यातको प्राथमिकतामा परे पनि देशको मागलाई धान्न कतिपय अवस्थामा भारत, चीनलगायत मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ ।
कृषि विकास मन्त्रालयले अदुवा उत्पादन तथा प्रशोधनलाई प्राथमिकतामा राखेको प्रवक्ता डा। प्रभाकर पाठक बताउँछन् । राम्रो मूल्य पाउने भएपछि कृषकहरु अदुवाखेतीमा लाग्ने क्रम बढ्दा उत्पादनमा समेत वृद्धि भइरहेको उनले बताए । “हामीले प्रशोधन नगरिएका अदुवा पठाउने भएकाले सस्तोमा बेच्नुपर्ने बाध्यता छ,” उनले भने, “आयात गरिने अदुवा प्रशोधित हुनाले महँगोमा किन्नुपरेको हो, त्यसैले प्रशोधनमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिएको छ ।”

 

 

सरकारले गत वर्ष प्रवद्र्धन केन्द्रको पहलमा नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले तयार गरेको अदुवा प्रशोधन मेसिन परीक्षणका लागि धादिङ पठाएको थियो । “मेसिनमा प्राविधिक समस्या आएपछि पुनःनिर्माणका लागि काठमाडौं ल्याइएको छ,” केन्द्रकी कृषि अर्थविज्ञ कृपा ढकालले भनिन्, “थप सुधार गरेर पुनः प्रशोधनका लागि पठाउने योजना छ ।” चालू आवमै यो काम सकिने उनले बताइन् ।

 
केन्द्रमार्फत यो वर्षदेखि निर्यातयोग्य कृषि वस्तु उत्पादन गर्ने युवा कृषकलाई प्रोत्साहन गर्न १ करोड २० लाख बजेटबाट सहुलियत कार्यक्रम लागू गरिएको जानकारी ढकालले दिइन् । “निर्यातयोग्य वस्तु उत्पादन, प्रशोधन र निर्यातका लागि प्रोत्साहन गर्न बैंक ऋणमा ९ प्रतिशतसम्मको सहुलियत वा बढीमा २५ लाख रुपैयाँसम्म सहयोग गर्ने कार्यक्रम लागू गरिएको छ,” उनले भनिन् ।


६ महिनादेखि मूल्य २ सय

मसलाको रूपमा प्रयोग हुने अदुवाको मूल्य चालू आवका ६ महिनासम्म पनि घटेको छैन । ६ महिनायता प्रतिकिलो २ सय ९खुद्रा० रुपैयाँ वरपरै अडिएको छ । थोक मूल्य १ सयदेखि १ सय ८० रुपैयाँसम्म छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

 
यो वर्ष प्याजको मूल्य हालसम्मकै उच्च रहे पनि अहिले औसतमा झरेको छ । तर, साउनमा डेढ सय रुपैयाँसम्म पुगेको प्याज अहिले प्रतिकिलो ३० देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ । प्याजसँगै अधिकांश तरकारीको मूल्य ५० रुपैयाँभन्दा मुनि रहे पनि अदुवाको घटेको छैन ।
साउनमा अदुवाको थोक मूल्य १ सय ९० रुपैयाँसम्म पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । त्यतिबेला खुद्रा मूल्य २ सय ३० रुपैयाँसम्म पुगेको थियो । गत आर्थिक वर्षभरि थोक मूल्य १ सय ३० र अघिल्लो वर्ष ६२ रुपैयाँमात्र थियो ।

 

काठमाडौंमा अरु ठाउँभन्दा गुणस्तरीय अदुवा खपत हुने भएकाले यहाँको मूल्य पनि अलि बढी नै हुने व्यापारी गणेश श्रेष्ठले बताए । “भारतले बेच्ने अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा पनि प्रभाव परेको हो,” उनले भने ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :