ह्याचरी, दानाउद्योग र कोल्डस्टोरको मिलेमतोमा ठगि धन्धा

यो समाचार 141 पटक पढिएको

काठमाडौं । पुस ७ गते । कुखुरापालनको क्षेत्रमा ठोस ऐन् कानुको अभाबमा गरीब किसानहरुमाथी दिनदहाडै ठग्गी रहेका छन् । कुखुरापालन क्षेत्रमा सरकारी निकायको ध्यान नपुग्दा व्यवसायीहरुले आफुखुसी चल्ला, दाना, र मासुको भाउ निर्धारण गरीरहेका छन् । व्यवसायीहरुले आफु अनुकुल भाउ निर्धारण गर्दामा किसानहरु लागत मुल्य उठाउन नसक्ने अवस्था देखि कुखुरा पालेकै आधारमा ऋण बोक्न बाध्य भइरहेका छन् ।

जाडो महिनामा देशै भरी कुखुराको माग उच्च हुने गर्दछ । गर्मीको समयमा कुखुरा त्यती नफस्टाउने र भाउ पनि त्यती नआउने हुंदा जाडोकै समयमा किसानले आफनो लागत उठाउने गर्दछन् । जाडोमा किसानलाई नाफा बस्न नदिन चल्ला, दाना र कोल्डस्टोरका व्यापारीहरु मिलेर मनोमानी रुपमा भाउ निर्धारण गर्दामा दिनदहाडै किसानहरु ठगी रहेका छन् ।

जाडोको समयमा कुखुरा पनि राम्रो फस्टाउने हुंदा यसै समयमा कुखुराको चल्ला, ह्याचरी र कोल्डस्टोरको मिलेमतोमा सबैको भाउ एकै पटक बढाउने र किसानले कुखुरा दिने बेलामा मासुको भाउ घटाउने चलखेल हुंदामा किसान निकै मर्कामा परेका छन् । २०७४ असोजमा ५० रुपयाँ निर्धारण गरिएको ब्रोइलर कुखुराको चल्लाको भाउ कार्तिक १० नपुग्दै प्रतिचल्ला ४५ रुपयाँ बृद्धि गरी ९५ रुपयाँमा निर्धारण गरी बिक्री गरीयो । चल्लाको मात्र होइन दानाको भाउमा पनि रातारात प्रतिबोरा ५ सय सम्म बढाइयो । प्रतिगोटा चल्ला ९५ रुपयाँमा किनेका किसानले कुखुरा बेच्ने समयमा आजको दिनमा जिँउदो कुखुराको मुल्य १६० छ ।

कुखुरापालक किसान बिनोद थापा भन्छन् यो त किसानलाई जिँउदै मार्ने बाहेक के हुन सक्छ रु कुखुराको लागम मुल्यनै हाम्रो प्रतिकेजी २ सय भन्दा बढी पर्न जाने हुन्छ । उनि भन्छन् ९५ रुपयाँमा हामीलाई कुखुराको चल्ला बेच्नेहरुकै मिलेमतोमा मासुको भाउ घटाएर हामीलाई डुवाउने चलखेल हुंदै छ ।

पोल्ट्रीको क्षेत्रमा धेरै जसो एउटै व्यवसायीले चल्ला उत्पादन, दाना उत्पादन र कोल्ड स्टोर समेत सञ्चालन गरिरहेकाले एउटै किसानलाई तिन तिरबाट ठगी गरीरहेका छन् । अन्य व्यवसायमा अन्यय भइरहंदा आवाज उठाइएपनि गाँउ गाँउका किसानहरुको आवाज नितिर्निमाण तह सम्म नपुग्ने भएकाले ठुला व्यवसायीहरुले किसानमाथी ठगी गरिरहेका छन् ।

चल्ला र दानाको उत्पादन लागत, किसानको लागत खर्च र बजार मुल्यको बारेमा कुनै स्पष्ट कानुन नहुंदा व्यवसायीले निर्धारण गरेको भाउमा घाटै खाएर भएपनि व्यवसाय गर्न बाध्य भएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :