श्रीराम सुगर मिल्स सञ्चालनमा

यो समाचार 184 पटक पढिएको

रौतहट, १० माघ । श्रीराम सुगर मिल्स गरुडाले उखु खरिद गर्दा किसानलाई तौलमा ठगी गरेको विषयलाई लिएर बन्द गरेकोे मिल आज दिउँसोदेखि सञ्चालन भएको छ । Sugar Factory, Nepalमिल्सले उखुको तौलमा ठगी गरिएको वास्तविकता बिहीबार दिउँसो किसानले थाहा पाएपछि क्षतिपूर्तिको माग गर्दै उखु आपूर्ति र उत्पादन दुवै ठप्प बनाएका थिए । उखु उत्पादक संघका अध्यक्ष जयनाथ यादव, चिनी मिलका उपाध्यक्ष अशोक सिंह, जिल्ला प्रशासन कार्यालय रौतहट र प्रहरी कार्यालयका प्रतिनिधिको उपस्थितिमा भएको वार्तामा तौलमा ठगीबारे छानबिन र छलफल जारी राख्दै उद्योग सञ्चालनमा ल्याउने सहमति भएको हो । उखु उत्पादक किसान संघका अध्यक्ष यादवले तौलमा भएको ठगीबारे छानबिन गरेर किसानलाई क्षतिपूर्ति दिलाउने विषयमा उद्योग सञ्चालकसँग छलफल भएको बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :