बारामा किसान दम्पतीको हत्या

यो समाचार 120 पटक पढिएको

बारा । जितपुर सीमरा उपमहानगरपालिका-३ बजनी र रामवानकोबीच गाउँमा एक दम्पतीको हत्या भएको छ । गाईपालन गर्दै आएका कृषक दम्पतीको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय सीमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार ३५ वर्षीय दीपक सुवेदी र उनकी ३० वर्षीय श्रीमती दीपा सुवेदीको हत्या भएको हो । दीपकको शव घरबहिर ४० मिटर पर र दीपाको शब घरभित्र भेटिएको प्रहरीले जनाएको छ । लुटेराको समूहले लुटेर हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

दम्पतीको एक छोरा र छोरी छन् । सधैँ परिवार गाईफर्ममै बस्ने गरेपनि हिजो छोराछोरी घरमा सुतेका थिए । घर गाईफार्मको नजिकै छ ।घटनाको थप असुन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :