विभिन्न बालीमा हाइब्रीड वीउ अनुसन्धान गदै नार्क

This post has already been read 74 times!

काठमाडौं, १० माघ \ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले खाद्यान्न, तरकारी लगायतका अन्य बालीमा हाइब्रीड वीउ अनुसन्धान गरिरहेको छ ।
करोडौ रुपैयाँको हाइब्रीड वीउ बाहिरीमुलुकबाट आयात भइरहेको बेला आयात प्रतिस्थापन गर्न नार्कले विभिन्न बालीमा उन्नत वीउ उत्पादन गर्न लागेको हो । नार्कले अहिले काक्रो, गोलभेडा, तरकारी, मकै, धानमा हाइब्रीड वीउ उत्पादनका लागि अनुसन्धानको काम गरिरहेको छ । नार्कका योजना तथा समन्वय शाखाका निर्देशक डा. हीराकाजी मानन्धरले हाइब्रीड जातको विउ सिफारिसका लागि अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिए । गोलभेडा, तरकारी, धान र मकैमा थप नयाँ हाइब्रीउ अनुसन्धान गरी उत्पादन गर्न लागेको उनले जानकारी दिए ।

seed
नार्कले यस अघि मकैमा रामपुर, काक्रोमा मधु गोलभेडामा सिर्जना र सम्झना को हाइब्रीड वीउ सिफारिस गरि किसान समक्ष पठाएको छ । हाइब्रीड वीउ उत्पादन गर्न लागत खर्च धेरै पर्ने भएकाले बजार माग अनुरुप उत्पादन गर्न नसकिएको कृषि बैज्ञानिको भनाई छ । नार्कल ेसिफारिस गरेको हाइब्रीड वीउ उत्पादन राम्रो भई किसानमा लोकप्रिय बनेकाले पनि थप अन्य जातका वीउ अनुसन्धान गर्न लागिएको बैज्ञानिको भनाई छ ।
उन्नत हाइब्रीड वीउ एक वर्षमात्र लगाउदा उत्पादन राम्रो हुने डा मानन्धरको भनाई छ । उनका अनुसार हाइब्रीड वीउ एक वर्ष भन्दा धेरै लगाउँदा फल नफल्ने समस्या आउने गरेको छ । स्थानीय स्तरमा हाइब्रीड वीउ उत्पादन नहुँदा करोडौ रुपैयाँको वीउ बाहिरीमुलुकबाट आउने गरेको छ ।
। यसैबीच, सरकारी तथ्याङक अनुसार ७० प्रतिशत हाईव्रीड विउ बाहिरी मुलुकबाट आयात हुने गरेको छ । विशेष गरी धान, मकै, तरकारीको वीउ भारत र चिन लगायतका अन्य देशबाट आउने गरेको छ । गहु“को विउमा नेपाल आत्मनिर्भर भएपनि धान, मकै र तरकारीको वीउमा अन्य मुलुकको वीउमा भर पर्दै आएको छ ।
। राष्ट्रिय विउ व्यवसायी संघका अनुसार प्रतिकेजी हाइब्रीड गोलभेडाको मुल्य ६० देखि एक लाख सम्म पर्ने गरेको छ । त्यस्तै काउली ३० देखि ७० हजार रुपैयाँ, बन्दा प्रतिकेजी २५ देखि ३० हजार रुपैयाँ मुल्य पर्ने गरेको केन्द्रले जनाएको छ ।
त्यस्तै हाइब्रीड जातका खुसार्नी, लौका,मुला,गाजर, करेला, घिरौला, काक्रा प्रतिकेजी १५ हजार देखि २० हजार सम्म मुल्य पर्ने गरेको संघले जनाएको छ । गैरकानुनी ढंगले अरबौ रुपैयाँ वीउ आयात हुने गरेको व्यवसायीको भनाई छ । हाइब्रीड वीउबाट उत्पादन राम्रो हुने भएकाले पनि यसतर्फ किसानको आकर्षण बढ्दै गएको हो ।
वीउ वीजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख डिलाराम भण्डारीले ‘धान, मकै, गहु“को बीउ खाद्यान्नको नाममा समेत ठुलो परिणाममा आयात वीउ आयात भएको बताए । आथिर्क वर्È २०६७\०६८ मा ३० मेट«िक टन तरकारीको बीउ आयात भएको थियो भने सो परिण्ााँम बढेर आथिर्क वर्È २०६८÷०६९ मा ५९ मेट्रिम टन पुगेको थियो । देशमा मागको तुलनामा गहु“, मुङ, सिमी, बोडी, केराउ, का“क्रो र मसुरोको बीउको उत्पादन निकै कम छ ।
केन्द्रका अनुसार मुलुकमा ७४ हजार ८ सय २३ मेट्रिक टन धानको वीउ आवश्यक रहेकोमा ७ हजार दुई सय ९ मेट्रिक टन आपुर्ति छ ।

२२ हजार ६ सय ५६ टन मकैको वीउको माग रहेकोमा २ हजार ९४ मेट्रिकटन आपुर्ति भएको छ । ९२ हजार ९९ मेट्रिक टन गहुँको वीउको माग रहेकोमा ९ हजार एक सय ९ मेट्रिक टन आपुर्ति भएको छ । त्यस्तै ६ हजार ८ सय २९ मेट्रिक टन मुसुरोको वीउ माग रहेकोमा एक सय २१ मेट्रिक टनमात्र आपुर्ति भएको छ । त्यस्तै एक हजार ९ सय ८५ मेट्रिक टन तोरीको वीउ माग रहेकोमा ९६ मेट्रिक टन मात्र आपुर्ति भएको केन्द्रले जनाएको छ ।