दूधको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने तयारी

यो समाचार 212 पटक पढिएको

काठमाडौं, माघ १० । सरकारले दूधको मूल्य प्रतिलिटर करीब ५ रुपैयाँ बढाउने तयारी गरेको छ । कृषकलाई पशुपालनतर्पm आकर्षित तथा दूध आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले दूधको मूल्य वृद्धि गर्न लागिएको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले अभियानलाई बताए । ‘मेरो सयोजकत्वमा कार्यदलले शुक्रवारसम्म कृषि विकास मन्त्रालयलाई दूधको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउँन प्रस्ताव गर्ने भएको छ’ उनले भने, ‘हाल तीन ओटा समूहले ल्याएको प्रतिवेदनलाई समायोजन गर्ने काम भइरहेको छ ।’


Milkदूधको मूल्य वृद्धि गर्न भन्दै केही दिन अघि बोर्डका कार्यकारी निर्देशक, पशुसेवा विभाग, कृषि विकास मन्त्रालयको एक÷एक जना प्रतिनिधिसहितको कार्यदल बनेको थियो । सो कार्यदलले विभिन्न जिल्लामा गरेको अध्ययनअनुसार मूल्य वृद्धि गर्न लागेको बोर्डले बताएको छ । ‘अवपनि मूल्य वृद्धि नगरे दूधमा परनिर्भर हुने अवस्था आउँछ,’ मन्त्रालयका सचिव जयमुकुन्द खनालले भने, ‘परनिर्भरताबाट जोगिन दूधको मूल्य वृद्धि आवश्यक छ, ।’
खनालका अनुसार कार्यदलको सयोजन गरिरहेका पन्तलाई छिटोभन्दा छिटो प्रतिवेदन मन्त्रालयलाई बुझाउन निर्देशन दिइसकेका छन् ।

 

बोर्डले प्रतिवेदन बुझाउनासाथ दूधको मूल्य वृद्धि हुने उनको भनाइ छ । यसअघि किसानले प्रतिलिटर दूधको मूल्य २८ देखि ३२ रुपैयाँ पाउँदै आएको बताए । तर, अव बढेपछि कम्तिमा प्रतिलिटर ३७ रुपैयाँ पाउने बताइएको छ । डेरी एशोसिएशनका महासचिव प्रहलाद दाहालले दूधको मूल्य वृद्धि गर्दा किसान र उद्योगी हितका हुनु आवश्यक रहेको बताए । ‘धेरै कुराको मूल्य वृद्धि भएको छ,’ उनले भने, ‘दूधको पनि समयसापेक्ष मूल्य वृद्धि गर्न आवश्यक छ, ।’

 

डेरी उद्योग सङ्घका अध्यक्ष प्रदीप महर्जनले दूधको मूल्य वृद्धि गर्ने कार्यदलमा निजीक्षेत्रलाई सहभागी नगराएर मनोपोली गरेको बताए । ‘दूधको मूल्य वृद्धि गर्दा निजीक्षेत्रको सहभागिता आवश्यक छ,’ उनले भने, ‘तर, सरकारले दूधको मूल्य वृद्धि गर्ने विषयमा आजसम्म एक बचन पनि सोधेको छैन्, ।’ सरकारीस्तरबाट सञ्चालित दुग्ध विकास संस्थान(डीडीसी) को तुलनामा निजी डेरीले किसानबाट ठूलो परिमाणमा दूध खरीद गर्दैै आएको उनको भनाइ छ । तर, मूल्य वृद्धि गर्दा सरकारले कहिल्यै पनि निजी क्षेत्रलाई सहभागी नगराउने डेरी सञ्चालकहरूले बताएका छन् ।

 

त्यसैगरी, बोर्डका कार्यकारी निर्देशक पन्तले अहिले पनि दैनिक १ लाख लिटर दूध अभाव रहेको जानकारी दिए । दैनिक भारतको पटना तथा अन्य प्रदेशबाट दैनिक ४० देखि ५० हजार लिटर दूध आयात भइरहेको उनको भनाइ छ । नेपालमा बार्षिक रुपमा ८ लाख लिटर दूध उत्पादन भइरहेको बताइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :