कुखुरा पालक संघमा झनकको नेतृत्व

यो समाचार 34 पटक पढिएको

चितवन । नेपाल कुखुरा पालक किसान संघ केन्द्रिय समितिको तेस्रो साधारण सभाले झनकप्रसाद पौडेलको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । चितवनमा सम्पन्न भएको को दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

जसको उपाध्यक्षमा लेखनाथ लामिछाने र सोमनाथ बस्ताकोटी, सचिवमा मदन बराल, सह सचिवमा भवानी न्यौपाने, कोषाध्यक्षमा अर्जुन बहादुर घिमिरे, सह–कोषाध्यक्षमा मेनुका थापा सर्वसम्मतले चयन हुनु भएको छ। यसैगरी सदस्यहरुमा विपिन सिग्देल, नन्द बहादुर रानाभाट, जित बहादुर महत्व, मुन्ना प्रसाद चौरासीया, प्रकाश विक, प्रकाश अधिकारी, हिरेन्द्र बराल लगायतका किसानहरु सर्वसम्मतले चयन भएका हुन् ।

आफु अध्यक्षमा निर्बाचित भएसगैँ किसानमैत्री नीति र किसानहरु समस्याहरु हल गर्न आफु कटिवद्ध भएर लाग्ने बताए । कार्यक्रमा बोल्दै माऊ कुखुरालाई रोग लागेको छ कि छैन भनेर किसानलाई जानकारी नदिदाँ रोग संक्रमित चल्ला महंगो मूल्यमा खरिद गर्न किसान बाध्य भएको बताएका थिए । रोगी चल्ला खरिद गरेपछि कुखुराको उपचार लागत बढ्ने मात्र हुने मृत्युदर पनि बढ्ेका समेत बताए ।

साथै कार्यक्रममा बोल्ने अधिकांश किसानहरुले दानाको बोरामा वास्तविक गुणस्तर, उत्पादन तथा म्याद समाप्त मिति र उपभोक्ता मूल्य नराख्दा दानाका दाना उत्पादन कम्पनीको ठगीमा परिरहेको बताए । यही कारण कुखुरा किसानले लगानी र मेहनत गरेअनुसार प्रतिफल पाउनुको सट्टा अधिक गुमाइरहेका उनीहरुको भनाई थियो । उनीहरुले राज्यले किसानहरुको आर्थिक वृद्धिदर बढाउने लक्ष्यका साथ स्पष्ट किसान मैत्री कुखुरा पालन नीति बनाउन माग पनि गरेका थिए ।

महाअधिवेशनमा बोल्दै केन्द्रिय अध्यक्ष प्रकाशबाबु खनालले किसानले किन्ने दाना, भुस लगायतका सामग्रीमा न एमआरपी राख्ने परम्परा कायम गरिदिन सरकारलाई अनुरोध गरे । साथै उनले कुखुरा पालनमा सिन्डीकेट अन्त्य गर्नुपर्नेमा जोड समेत दिए । कार्यक्रममा अगुवा कखुरापालक किसान भुवनलाल जोशी दाना उद्योगीहरुले नै कुखुरा खरिद केन्द्र र चल्ला उत्पादनको ह्याचरी सञ्चालन गरिरहेकोले किसानहरु बढी मारमा परेको बताए ।

नेपाल कुखुरा पालक किसान संघ केन्द्रीय समिति चितवनका अध्यक्ष प्रकाश बाबु खनालको अध्यक्षतामा सम्पन्न महाधिवेशनमा महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, डा. तिलचन्द्र भट्टराई, शिवप्रसाद बराल लगायतले बालेका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :