अब नेपालमै पहिलो पटक भैंसी विज्ञको अन्तर्राष्ट्रिय सम्मेलन

यो समाचार 233 पटक पढिएको

११ मुलुकको ५५ भन्दा बढी बैज्ञानिकको सहभागिता

चितवन । चितवनमा भैंसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको यो सम्मेलनमा ११ देशका भैसी विज्ञहरुले सहभागिता जनाउने भएका छन् । ‘खाद्य एवम् आर्थिक बृद्धिको लागि भैंसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सम्मेलन चितवनको कृषि तथा वन विश्वविद्यालयमा हुँदैछ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा हुन लागेको ३ दिने सम्मेलन कात्तिक २९ देखि मंसिर २ गतेसम्म चल्नेछ । सम्मेलन चितवनस्थित सौराहाको होटेल जंगल क्राउनमा हुने भएको छ । भैंसीको क्षेत्रमा निकै लामो समयदेखि अध्ययन अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता वैज्ञानिकहरू सहभागी हुने कृषि तथा वन बिज्ञान विश्व विद्यालय रामपुरका डीन प्रा.डा. शारदा थपलियाले जानकारी दिइन् ।

सम्मेलनमा भारत, चीन, पाकिस्तान, वंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, इटाली, संयुक्त अधिराज्य, अमेरिका र क्यानाडालगायत ११ मुलुकका ५५ जनाभन्दा बढी अनुसन्धानकर्ता तथा बैज्ञानिकहरु सहभागिता जनाउनेछ । भैंसीको उत्पादन बृद्धि, स्वास्थ्य, पोषण, आनुवांशिक प्रविधि, समाजिक र आर्थिक पक्षजस्ता १४ वटा विशेष आमन्त्रित प्रस्तुती र ३५ वटा मौखिक प्रस्तुती तथा ३६ प्रकारका पोष्टर प्रदर्शनी गरिनेछ ।

विभिन्न विश्वविद्यालयका १७ जना डीनहरूको सहभागिता रहने कार्यक्रममा ‘इन्टरनेशलन बफ्यालो फेडेरेशेन’ का महासचिव प्रो डा. एन्तेनियो बर्गिस र पाकिस्तानको लाहोरस्थित भेटेनरी विश्वविद्यालयका प्रो भाइस चान्सलर नासिम अहमद नेपाल आउने पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको डीन  थपलियाले जानकारी दिइन्।

भै‌सी पालनका बिषयमा नेपालसहितका ९० वटा ‘कार्यपत्र’ माथि छलफल हुने बताउँदै डाक्टर थपलियाले विश्वका विभिन्न देशमा रहेको भैसीका प्रजातीहरूको बारेमा गरिएको अनुसन्धान र भूगोल सुहाउँदो प्रविधि एवम् ज्ञानसीपको आदानप्रदान गर्ने मूल उद्धेश्य सम्मेलनको रहेको बताइन् ।

नेपालका ४९ र विदेशी ४१ वटा पेपर प्रस्तुत हुने बताउदै उहाँले भैंसीको व्यवसायिक उत्पादनका लागि सरकारी निकायलाई नीति निर्माणमासमेत सहयोग पुग्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । नेपालमा लिमे, पार्कोटे, गड्डी भैंसी पाइन्छ । नेपालको दुध उत्पादनमा दूई तिहाई र मासु उत्पादनमा भैंसीको योगदान ५० प्रतिशत रहेको छ । नेपालमा ५० लाख भैंसी रहेको अनुमान छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :