११ औँ गोदावरी पुष्पमेलामा ५२ लाखको कारोबार

यो समाचार 152 पटक पढिएको

काठमाडौं । ललितपुरको जावलाखेलमा गत विहिवारदेखि ४ दिनसम्म सञ्चालनमा आएको ११ औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगन वरिपरि’ भन्ने नाराका साथ पुष्प व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा गत् २६ गतेदेखि सुरु भएको उक्त मेलामा ३७ हजारभन्दा वढिले अवलोकन गरेका थिए । मेलामा ५२ लाखभन्दा बढिको कारोवार भएको मेला संयोजक रामजी तिमिल्सिनाले जानकारी दिए ।

तिहार लक्षित प्रदर्शनी जावलाखेलको खेल मैदानमा सञ्चालन भएको थियो । मेलामा व्यवसायिक स्टलहरू ४४ ओटा, सुचनामुलक स्टल ३ ओटा, प्रतिस्र्धात्मक ३ ओटा गरि जम्मा ५० ओटा स्टल राखिएका थिए ।

नेपालमा सन १९५० बाट सामान्य स्तरवाट सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तार सँगै पुष्प व्यावसायको केन्द्र काठमाडौं मात्रै नभएर पोखरा, नारायणघाट, हेटौंडा, काभ्रे, विराटनगर, धरान, धनगढी लगायतका ठाँउहरुमा फैलिदै गएको छ । नेपालमा पुष्प व्यवसाय आर्थिक वर्ष २०७३/७४ सम्म आईपुग्दा हाल लगभग ३९ जिल्लामा लगभग ६ सय ७८ पुष्प व्यवसाय विस्तार भईसकेका छन भने १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्पको खेती हुने गरेको छ । गत आर्थिक वर्षमा एक अर्व ७१ करोड वरावरको पुष्पको कारोवार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

प्रकाशित मिति : असोज ३१, २०७४

रचनात्मक प्रतिक्रिया दिनुहोस् :