बयासी हजार हेक्टर जमिनमा अझै सिंचाइ सुविधा पुग्न सकेन

यो समाचार 188 पटक पढिएको

 बाँके, ७ माघ । मध्यपश्चिमाञ्चलका १५ जिल्लाका ८२ हजार हेक्टर सिँचाइयोग्य जमिनमा अझैसम्म सिंचाइ सुविधा पुग्न सकेको छैन । सोही कारणले ती जिल्लाका अधिकांश कृषकले आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकाले आवश्यकताअनुसारको उब्जनी हुन नसकेको कृषकको गुनासो छ ।Irrigationमध्यपश्चिमाञ्चाल क्षेत्रको दुई लाख २३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एक लाख ४१ हजार जमिनमा मात्रै सिंचाइ सुविधा पुगेको क्षेत्रीय सिँचाइ निर्देशनालयले जनाएको छ । सो कार्यालयका अनुसार सिँचाइ सुविधा पुग्नबाट वञ्चित ८२ हजार हेक्टरमध्ये करिब १० हजार हेक्टरमा तत्काल सिँचाइ सुविधा पु-याउने कार्यक्रम सञ्चालन भइरहेको छ ।

 

सो कार्यक्रम आगामी वर्षसम्म पूरा हुने जनाइएको छ । मध्यपश्चिमका विभिन्न जिल्लामा उपयुक्त प्रविधि, ऊर्जाको अभाव तथा बिजुलीको समस्याका कारण ८२ हजार हेक्टर सिंचाइयोग्य जमिनमा सिंचाइ नपुगेको सो कार्यालयले जनाएको छ । देशका अन्य क्षेत्रको तुलनामा मध्यपश्चिमको कर्णाली अञ्चल सबैभन्दा पिछिडिएको कारणले सो अञ्चलका पाँच जिल्ला सिँचाइबाट पूणरूपले वञ्चित भएको पनि सो कार्यालयको भनाइ छ । गत वर्ष मात्र कर्णाली अञ्चलमा सिँचाइ कार्यालय खोलिएकाले अब सो अञ्चलमा पनि सिँचाइका कार्यक्रम लागू हुने केही आशा जागेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :