गोदावरी पुष्प मेला सुरु

यो समाचार 273 पटक पढिएको

काठमाडौं । फ्लोलिकल्चर एशोसियन नेपालले ललिपुरको जावलाखेलमा असोज २६ गतेदेखि २९ गते सम्म गोदावरी फूलको एघारौं प्रतियोगितात्मक प्रदर्शनी शुरु गरेको छ । मेलामा गोदावरी फूलको प्रजातीमध्ये स्पाईडर, मिनियचर, इन्क्रर्भ र रिफ्लेक्समा प्रतियोगितामा समावेश गरिएका छन् ।


‘रोपेर फूल गोदावरी सजाऔं घर आँगन वरीपरि’ भन्ने नाराका साथ एशोसियनले चार दिने गोदावरी फूलको प्रतियोगित्मक प्रदर्शनी आयोजना गरेको हो । मेलामा पुष्प विज्ञहरुले उत्कृष्ट छनोट गरेका फूलहरु प्रदर्शनीमा राखिएका छन ।  फूलको गुणस्तरीयता, आकर्षण, स्वास्थता र फूलको आकारसहित फूलको चारवटा मापदण्ड निर्धारण गरी उक्त मापदण्डका आधारमा फूलहरुको स्टल प्रदर्शनीमा राखिएका फ्लोरिकल्चर एशोसियनका अध्यक्ष कुमार कसजुले बताउनुभयो ।

प्रदर्शनीमा राखिएका फुलका आधारमा पुष्प व्यवसायिहरुलाई प्रथमः द्धितिय र तृतिय गरी बिहिवार नै घोषणा गरिएको छ । उक्त विधाका आधारमा पुष्प विज्ञहरु सहितको पुरस्कार छनोट समितिले प्रथमः हुने सम्झना नर्सनरी, द्धितिय हुनेमा अजिमा नर्सरी र तृतिय हुने सिस्टता नर्सरीलाई क्रमशः आठ, पाँच र तीन हजार रुपियाँ सहित नगद पुरस्कार र शिल्ड प्रदान गरिएको जानकारी दिनुभयो ।

बिहान ८ देखि १० बजेसम्म भएको उक्त प्रतिपर्धात्मक प्रतियोगितामा पश्चात मात्र फूल प्रदर्शनीमा राखिएको हो । फ्लोरिकल्चर एशोसियनका अनुसार मेलामा व्यवसायिक स्टल ४४ वटा, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिसपर्धात्मक प्रदर्शनी स्टल ३ वटा गरी ५० वटा स्टलहरु राखिएका छन । मेलामा ३५ हजार जनाले अवलोकन गर्ने र ४५ लाख रुपियाँको व्यवसायिक कारोबार हुने एशोसियनले अपेक्षा गरेको छ ।

यसैबीच बिहिवार भएको मेलाको उद्घाटन गर्दै कृषि राज्यमन्त्री सरिता प्रसाईले मेलाले पुष्प व्यवसायमा लाग्ने सबैलाई आकर्षण गर्ने बताउनुभयो । यस्ता मेलाले किसानलाई पुष्प खेतीतर्फ लाग्न थप हौसला प्रदान गर्ने भन्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा.सुरज पोखरेल, नेपालमा पुष्प व्यवसायले ४१ हजार किसानलाई रोजगारी प्रदान दाबी गर्दै यो संख्या बृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा कृषि विभागका उपमहानिर्देशक रमेश सञ्जेल, वनस्पति विभागको उपमहानिर्देशक ज्योति भट्ट, र फलफूल विकास निर्देशनालयका निर्देशक रमिता मान्धरले नेपालको माटो फूल खेती योग्य भएकाले किसानहरु पुष्पखेतीमा आत्म निर्भर बन्नु सकिने बताउनुभयो ।

प्रकाशित मिति : असोज २६, २०७४

रचनात्मक प्रतिक्रिया दिनुहोस् :