बिक्री हुन छाडे दही जमाउने ठेकी

यो समाचार 308 पटक पढिएको

जाजरकोट, ७ माघ । यहाँ दही जमाउन प्रयोग हुने काठका ठेकी बिक्री हुन छाडेको खगेनकोटका रूपे चदाराले गुनासो गर्नुभएको छ । चदारा जिल्लाका विभिन्न गाउँमा ठेकी बिक्री गर्न हिँडे पनि बिक्री नहुदा त्यतिकै फर्केको बताउनु हुन्छ । पाँच वर्ष अघिसम्म खबर पठाएरै ठेकी मगाउने गाउलेले अहिले खरिद गर्न छाडेका छन् ।Curdजिल्लाका लहा, डाँडागाउँ, रग्दा, सक्लालगायतका गाविसका आधा दर्जन गाउ घुम्दा पनि ठेकी खरिद गर्ने किसान फेला नपरेको बताउने चनाराले गाउमा एक दशकअघिका जस्ता गाईभैसी नदेखेको बताउनुभयो । दही जमाउन प्रयोग हुने गिठी काठका ठेकी गाउघरमा बिक्री हुन छाडेका छन् । एकताका जाजरकोटका गाउगाउमा गिठी काठका ठेकी बनाउन चनारा समुदायका कारिगरलाई आप्नो गाउ लैजान खोसाखोस हुने गथ्र्यो । चनारा गाउ पसेपछि दही–दूध जमाउने, मोही पार्ने ठेकी बनाउनेको लर्को हुने गथ्र्यो ।

बारीका काल्लामा गिठीका रुखहरू पालेकाले गिठीका नभए लालीगुरास, आप, सिमल, सिरिÈ जातका रुखका ठेकी, गाबु, बनाएर भए पनि गाउले चित्त बुझाउथे । गाउघरमा गाईभैँसी पाल्न पनि छाडेका, कान्लामा गिठी काठ पनि पाउन छाडेको तथा बनाएका पनि बिक्री नभएपछि बाबुबाजेको ठेकी बनाउने पेसा नै आफूले त्यागेको ढिमे गाविस– १ नरे चदारा चनाराले बताउनुभयो । पुन्मा, भुर, कार्कीगाउ लगायतमा ठेकी बनाएर जीविका चलाउने तीन दर्जन चनारा परिवारले परम्परागत पेसा चटक्कै त्यागेको सोही गाउका वृद्धि पृर्थे चदारा बताउछन् । ठेकी बनाएर मनग्ये अन्नपात, नगद दिने गाउलेहरू बारीका रुख काटेर ठेकी बनाउने वा बनाएको किन्न सबै छाडेको बताउ“छन् ।

 

जाजरकोटमा चनाराले पेसा छाडेपछि छिमेकी जिल्ला रुकुमको नुवाकोट, पूर्तिमकाडा, सिमली, गरायला, सल्यानको खोलागाउ, दार्मा, भल्मा गाविसका चनाराले ठेकी बनाउने, बेच्ने काम गर्दै आएका थिए । गिठी काठको ठेकीमा जमाएको दही बास्नादार र स्वादिष्ट हुन्छ । गिँडका साइजअनुसार चनाराले घिर्नीमा घुमाएर ठेकी तयार गर्छन् । दही स्वादिष्ट बनाउन एक–दुई महिना मोही हालेर राखिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :