कृषक समूहतर्फ आकर्षित

This post has already been read 174 times!

बाँके, ७ माघ । बाँके जिल्लाका पशुपालक कृषकहरू कृषक समूह निर्माण गर्नतर्फ आकर्षित भएका छन् । समूहमा व्यवसायसँगै बचत पनि गर्दै भएको हँुदा व्यवसाय सञ्चालन गर्न सजिलो हुने भएपछि उनीहरू समूह निर्माणतर्फ आकर्षित भएका हुन् ।Bakhraबाँकेमा पशुपालन, गाईपालन, बाख्रापालन गरेर २५० बढी कृषक समूहले रकम बचत गरी व्यवसाय गरिरहेको पशुसेवा कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार कृषक समूहले अहिलेसम्म रु १५ लाख बचत मात्र नगरी कृषक सहकारीसमेत खोल्न सफल भएका छन् ।

 

कृषकको रुचि र सम्भाव्यता अध्ययन गरेर कार्यालयले कृषक समूह गठन गरिने भए पनि पछिल्लो समय कृषकहरू आफैँ समूह निर्माणको लागि प्रस्ताव ल्याउने गरेको पशु चिकित्सक जनकराम भण्डारीले बताउनुभयो । एक्लै व्यवसाय गर्दा आम्दानी पनि थोरै थियो अहिले समूहमा आबद्ध भएर व्यवसाय गरेपछि राम्रो आम्दानी गर्न सफल भएको बाँके सीतापुरस्थित गाईपालन कृषक समूहमा आबद्ध कृषक देवीलाल खनालले बताउनुभयो ।