शिक्षण अस्पतालका निर्देशक कोइरालाद्वारा राजीनामा

यो समाचार 151 पटक पढिएको

काठमाडौं, ७ माघ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक भगवान कोइरालाले राजीनामा दिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा डा. शशी शर्माको नियुक्तिको विरोधमा डाक्टरहरुले सामूहिक राजीनामा दिएपछि कार्यकारी निर्देशक  कोइरालाले पनि राजीनामा घोषणा गरेका हुन् ।

bhagwan-koiralaयस विषयमा पछि मात्र थप भन्न सक्छु ।’ स्रोतका अनुसार राजीनामा दिन कोइराला त्रिवि गएपनि पदाधिकारीहरूले लिन मानेनन् ।

कोइराला कार्यकारी निर्देशकमा नियुक्त भएपछि शिक्षण अस्पतालमा निकै सुधार भएको छ । यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकार हुँदा पनि कोइरालाले काम गर्ने वातवरण नभएको भन्दै राजीनामा दिएका थिए । तर, सरकारले बजेट दिनेसहितको प्रतिवद्धता जनाएपछि कोइरालाले राजीनामा फिर्ता लिएका थिए ।

 

 

केसीले भने– म फेरि अनसन बस्न चाहन्न

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी शिक्षण अस्पताल पुगेर प्रा. डा. गोविन्द केसीलाई आमरण अनशन तोड्न आग्रह गरेका छन् । तर, केसीले भने अनशन तोड्न अस्वीकार गरेका छन् । त्रिवि शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा डा. शशी शर्मालाई नियुक्त गर्ने निर्णय बदर गर्न निर्देशन दिएपछि रेग्मी डा. केसीलाई भेट्न अनशन स्थल शिक्षण अस्पताल पुगेका थिए । आफूले त्रिवि उपकुलपतिलाई दिएको निर्देशनबारे जानकारी गराउँदै रेग्मीले सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको भन्दै अनसन तोड्न आग्रह गरेका थिए ।

मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सबै मागप्रति सरकार सकारात्मक भएको भन्दै आफू पनि आन्दोलनमा ऐक्यवद्धता जनाउन आएको समेत बताए । जवाफमा प्रा. डा. केसीले भने त्रिभुवन विश्वविद्यालयबाट औपचारिक निर्णय नभएसम्म अनसन नतोड्ने अडान सुनाएका छन् । ‘तपाई आइदिनुभयो धन्यवाद । तर म माफी चाहन्छु, माग पूरा नभएसम्म अनशन तोड्दिन । म फेरि पनि अनसन बस्न चाहन्न ।’ केसीले भनेका छन् ।

 

RAGMI-WITH-KC-1केसीले डिन नियुक्तिको निर्णय बदर गरि निवर्तमान डिन प्रकाश सायमीलाई पुनर्वाहली गर्नु पर्ने, उहाँले अस्वीकार गरे वरिष्ठताका आधारमा स्वच्छ छवि भएकालाई बनाउनु पर्ने, निजी कलेजहरुलाई नयाँ सम्वन्धन पूर्ण बन्द हुन पर्ने, शिक्षण अस्पताललाई पूर्ण स्वायत्त बनाएर छुट्टै विश्वविद्यालयका रुपमा अघि बढाउनु पर्ने र राजनीतिक भागवण्डा रोकिनु पर्ने आफ्नो शर्त भएको बताएका छन् ।

 

अस्पताल जानुअघि रेग्मीले त्रिवि कुलपतिको हैसियतमा डिन शर्माको नियुक्ति बदर गर्न उपकुलपतिलाई लिखित निर्देशन दिएका थिए ।

 

डीन शर्माको नियुक्ति खारेजसहितका सातबुँदे माग राख्दै प्रा. डा. केसी ११ दिनदेखि आमरण अनशनमा बसेका छन् । उनको समर्थनमा शिक्षण अस्पतालका डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन् भने देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

 

त्रिवि शिक्षण अस्पतालका चिकित्सकको सामूहिक राजीनामा

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् ।

डा। गोविन्द केसीले उठाएका माग पूरा गर्न सरकार गम्भीर नभएको जनाउँदै अस्पतालमा कार्यरत ९४ जना चिकित्सकहरुले सामूहिक राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

स्वास्थ्य क्षेत्रको विकृति रोक्न तथा शिक्षण अस्पतालमा प्रकृया मिचेर नियुक्त गरिएका डिन शशी शर्माको राजीनामा माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न त्रिवि र सरकारले चासो नदिएको भन्दै चिकित्सकहरुले सामूहिक राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल चिकित्सक संघका महासचिव मुक्तिराम श्रेष्ठले संघको आग्रह वमोजिम् टिचिङ अस्पतालका १ सय ५ जना चिकित्सकहरुले राजीनामापत्रमा सामूहिक हस्ताक्षर गरेको बताए । चिकित्सकहरूले त्रिविका उपकुलपति र डिनलार्इ सम्बोधन गरेर राजीनामा दिएक हुन् । राजीनामापत्रमा हस्ताक्षर गर्ने क्रम जारी रहेको छ।

महासचिव श्रेष्ठले सर्वोच्च अदालतको आदेशलाई संस्थागत रुपमा आफूहरुले स्वीकार गरे पनि व्यक्तिगत रुपमा कसैले काम गर्दिन भन्छ भने उसको अधिकार रहेको बताए । ‘हाम्रो आग्रहमा टिचिङका चिकित्सकले राजीनामा दिएका हुन्, महासचिव श्रेष्ठले भने, ‘भोलिसम्ममा माग पूरा नभएमा देशभरीका सबै चिकित्सकले सामूहिक राजीनामा दिनेछन् ।’

डा. केसीको जीवनरक्षा गर्नेतर्फ गम्भीर नभई सर्वोच्च अदालतले दिएको आदेशको आडमा अस्पताल खोल्न दबाब दिइएको भन्दै चिकित्सकहरुले राजीनामा घोषणा गरेको त्रिवि शिक्षण अस्पतालका एक चिकित्कसले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :