बाढीपहिरोबाट ६६ को मृत्यु, ५३ बेपत्ता, २८ घाइते

यो समाचार 176 पटक पढिएको

काठमाडौं । लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले ६६ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयका अनुसार ५३ जना वेपत्ता भएका छन् भने २८ जना घाइते भएका छन् । बिहीबारदेखि परेको मुसलधारे पानीले पूर्वमा झापादेखि पश्चिममा बाँकेसम्मका अधिकांश भाग जलमग्न छन्। गृह मन्त्रालयका अनुसार सुनसरी, रौतहट, मोरङ, सिन्धुली, झापा, दाङ, बाँके, सुर्खेत, बर्दिया, बाग्लुङ, सर्लाही, मकवानपुर, चितवन, पाँचथर, बारा, धनुषा, कपिलवस्तु र पाल्पा बाढी र पहिरोले उच्च जोखिमयुक्त जिल्ला हुन्। बाढी र पहिरोमा २० जना वेपत्ता भएको मन्त्रालयले जनाएको छ।


गृहमन्त्रालयको तथ्याँकअनुसार रौतहटमा नौं, सुनसरीमा आठ, मोरंगमा ६, सिन्धुली र झापामा चार चार जना, दांग, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन तीन जना, बर्दिया, बारा, पाँचथर महोत्तरी, हुम्ला, बाग्लुंग र चितवनमा दुई दुई जना, धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक एक जनाको मृत्यु भएको छ ।

यस्तै बाँकेमा पाँच, सुनसरी, बर्दिया, ललितपुरमा तीन तीन जना, दांग, मकवानपुर, पाल्पा, पर्सा, रौतहटमा दुई दुई जना, बारा, सिन्धुली, मोरंग र सुर्खेतमा एक एक जना घाइते भएका छन् ।

त्यस्तै झापामा १४, रौतहटमा ८, मोरंगमा ७, सुनसरीमा ६, मकवानपुर र पाँचथरमा तीन तीनजना, पर्सामा २, सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिंग, पर्सा, नवलपरासी र बर्दियामा एक एक जना वेवत्ता भएका छन् ।

बाढी पहिरोमा परी एक हजार पाँच वटा घरमा क्षति पुगेको छ । यस्तै मोरंग, उदयपुर, महोत्तरी, बारा, पर्सा, चितवन, दांग, सुर्खेत, रोल्पा, बझांग र दार्चुलालगायतका जिल्लामा सडक अवरुद्ध भएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :