पोल्ट्री फार्ममा आगलागी, आठ सय कुखुरा जले

यो समाचार 225 पटक पढिएको

महोत्तरी, ६ माघ रमहोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर–५ स्थित एक पोल्ट्री फार्ममा गएराति भीषण आगलागी हुँदा ८०० कुखुरा जलेर नष्ट भएका छन् । शनिबार दिउँसैदेखि अवरुद्ध बिजुली बत्ती अचानक राति १० बजे हाइभोल्टेजका साथ आउँदा विद्युत् सर्ट भई जलेश्वर–५ स्थित सञ्जय मिश्रको पोल्ट्री फार्ममा भीषण आगलागी भएको र सो आगलागीमा परी पोल्ट्री फार्मभित्रका ८०० कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब निरीक्षक विजय भण्डारीले बताए ।

bird fluआगलागीमा परी पोल्ट्री फार्मका तीनकोठे घर, लत्ताकपडा, कुखुरा र कुखुराका दाना गरी करिब रु तीन लाखको क्षति भएको पीडित मिश्रले बताए ।

सबैजना सुतिसकेको अवस्थामा भएको सो आगलागी नियन्त्रण गर्न निकै समयपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी र जलेश्वर नगरपालिकाको दमकल जुटे पनि पोल्ट्री फार्मलाई जोगाउन नसकिएको पीडित मिश्रले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :