नेपाल मा सेतो कुरिलो गर्न सकिन्छ ?

This post has already been read 223 times!

– राजेन्द्र देवकोटा

तपाई हरुलाई सेतो अनि हरियो को कुरिलो अलि फरक जस्तो लग्यो होला तर कुरिलो दुवै कुरिलो नै हुन् , सेतो कुरिलो लाई प्रकाश बिना अझ भनू प्रकाश शस्लेस्र्ण बिना गरिने मात्र तरिका को कुरा हो, यस प्रकारको कुरिलो जहाँ घाम कम लाग्छ तेह सजिलै उत्पादन गर्ने गरेको छन् , मुख्य तय यूरोपियन देश फ्रान्स, स्विसजरलण्ड , जर्मनी , पोल्याण्ड , बेल्जियम मा गर्ने गरिन्छ यसको कारोबार जर्मनी मा अझ धेरै गरिन्छ .

 

Kurilo

यसप्रकारको कुरिलो लाई बलौटे माटो को खाचो पर्छ ! कुरिलो को जरा जसलाई crown जुन rhizome बनावट को हुन्छ , यसबाट नै अरु सरा हरु निस्कने गर्छ , यस प्रकार को सरा लाई जमिन मुनि नै काटी निकालिने हुदा र घाम को कुनै असर नहुने हुदा यो सेतो हुन्छ , यसको लागि माटो मा प्रशस्त मात्र मा प्रांगारिक प्रदार्थ, ढुंगा , र चट्टान नभाको , अनि बहुबर्सिय झारपात को प्रकोप कम हुने स्थान हुनुपर्छ , यसको खेति मा crown लाई रोपिन्छ नकि बिउ र बिरुवा लाई , करिब १.५ टन अथवा १५०० के ,जी जति पाकेको मल जमिन जोत्नु अघि माटोमा मिलाउने अनि सिंचाई गर्ने जोत्नु अघि , यसलाई जेष्ट असार मा रोप्नु पर्छ , रोप्नको लागि हामीले २ फिट को आलि जसलाई ट्रेन्च पनि भनिन्छ, crown हो तेस्लाई १०-१२ इन्च तल रोपिन्छ ट्रेन्च मा ! तर crown कम्तिमा पनि १ वर्ष को चै हुने पर्छ !

एक देखि अर्को crown को दुरी पनि तेतिनै १०-१२ इन्च को हुनुपर्छ ! तेस्तै एक row देखि अर्को row को फरक ६ फिट को हुनुपर्छ ! crown रोपी सकेपछि मसिनो माटो ले छोप्नु पर्छ, यसरि रोपेको crown लाई रोपेको १०/१५ दिन मा धारिलो चक्कु ले काटेर निकाल्ने गरिन्छ सोको लागे सावधानी चै अपनाउनु नै पर्छ , कतिपय ठाउमा ६ देखि ८ हप्ता मा नि टिप्ने गरिन्छ , तियो चै crown को परिपक्कता , माटोको बनोट , मौसम आदि मा नि भर् पर्छ , कतिपय ठाउमा प्रकाश र तापको को लागि कालो polythene पनि बिछौने गरिन्छ १०/१५ दिनको अन्तरलाल मा सो हटाई टिप्ने काम गरिन्छ ! एक रोपनी जमिन मा करिब १००० जति रोप्न सकिन्छ , बेला बेला मा गरि यसको फसल लाई काटी निकालिन्छ! उत्पादन रोप्ने बिधि , यसको crown को परिपक्कता आदि मा भर् पर्छ !

नेपाल मा कहिँ कतै बाट यस प्रकार ले खेति गरको पयिदैन नता यस समन्धी सामग्री नै ! तर नेपाल मा सजिलै यसको खेति गर्न गर्न सकिन्छ ! स्वाद को हिसाबले पनि यो राम्रो हुन्छ ! तर हरियो बिधि सजिलो हुने हुदा यसको खेति चै कस्ले गर्ने तो चै कुरा आउन सक्छ !