डिस्टिलरीको दूषित पानीले हजारौं बिघाको धानवाली नष्ट, रौतहटका किसान आन्दोलित

यो समाचार 416 पटक पढिएको

रौतहट । ज्योति र बाबा डिस्टिलरीको दूषित पानीले हजारौं बिघामा लगाएको धानबाली पूर्ण नष्ट भएको भन्दै किसान आन्दोलनमा उत्रेका छन् । उद्योगका मालिकको गिरफ्तारीसँगै क्षतिपूर्तिको मागसहित पीडित किसानले जिल्ला प्रशासन कार्यालय गौर रौतहट घेराउ गरे ।

पटकपटक वर्षाको बेलामा डिस्टिलरीले वर्षभरिको विषादीसहितको भण्डारण गरेका रसायनयुक्त दूषित पानी बागमती र झाझ खोलाको मुहानमा छोडेपछि किसानको धानबाली, तरकारी, माछाजस्ता अन्य बालीसमेतलाई नोक्सानी पु¥याएको भन्दै किसान आन्दोलनमा उत्रेका हुन् । गत वर्षमा पनि ज्योति र बाबा डिस्टिलरीको दूषित रसायन पानीले यसै महिनामा ११ करोड मूल्यबराबरको धानबाली नष्ट भएका जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

किसानलाई क्षतिपूर्ति नदिएसम्म आन्दोलन जारी रहने आन्दोलनमा सहभागी संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य योगेन्द्र यादवले बताएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :