बर्डफ्लु पीडितले क्षतिपूर्ति लिन बाँकी

यो समाचार 155 पटक पढिएको

भक्तपुर, ६ माघ  । बर्डफ्लु पीडित भक्तपुरका केही कुखुरा व्यवसायीले अझै क्षतिपूर्ति रकम बुझेका छैनन् । भक्तपुरमा सात व्यवसायीले क्षतिपूर्ति रकम बुझ्न बाँकी रहेको जिल्ला पशुसेवा कार्यालयले जानकारी दिएको छ ।

 

Birdflu 1क्षतिपूर्ति नबुझ्ने व्यवसायीहरुमा रामबहादुर तामाङ, भादगाउँ हृयाचरी, गिरीराज पोल्ट्री फार्म, सुवाल पोल्ट्री फार्म, ख्वप फिड प्रालि, लक्ष्मीदास मानन्धर र दीपक दङ्गाल रहेका छन् । सात व्यवसायीको रु एक करोड आठ लाख ७४ हजार २०१ क्षतिपूर्ति बुझाउन बाँकी रहेको पशुसेवा कार्यालयले जनाएको छ ।

 

कार्यालयका अनुसार रामबहादुर तामाङको रु. २६ लाख ६४ ह
जार ५००, भादगाउँ हृयाचरीको रु ३८ लाख २६ हजार ७९०, गिरीराज पोल्ट्री फार्मको रु दुई लाख छ हजार १४० क्षतिपूर्ति रकम रहेको छ । त्यस्तै सुवाल पोल्ट्री फार्मको रु २९ लाख २० हजार ६४०, ख्वप फिड प्रालिको रु चार लाख ५८ हजार ९०१, लक्ष्मीदास मानन्धरको रु छ लाख ४४ हजार ७५० र दीपक दङ्गालको रु एक लाख ५२ हजार १८० रहेको कार्यालयले जानकारी दिएको छ ।

 

क्षतिपूर्ति नबुझ्ने व्यवसायीमध्ये रामबहादुर तामाङले हालसम्म सम्पर्क नगरेको जिल्ला पशु कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले बताए । अन्य व्यवसायीहरुको भने प्रक्रियामा रहेको भट्टको भनाई थियो । जिल्लाकै कुखुरापालन व्यवसाय धरासायी हुने गरी गत साउनमा फैलिएको बर्डˆलुका कारण करिब ११ लाख कुखुरा र १३ लाख अन्डा नष्ट भएको थियो ।

 

जिल्लाका लागि रु १३ करोड २९ लाख ७५ हजार ४८० क्षतिपूर्ति रकम निकासा भएको प्रमुख भट्टले जानकारी दिए । जिल्लाका ५०७ व्यवसायीहरुले क्षतिपूर्तिबापतको रु ११ करोड ३२ लाख १६ हजार ६५१ बुझिसकेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :