१५ दिनभित्रमा उपत्यकाको दूधलाई गुणस्तरयुक्त घोषणा गर्न निर्देशन

यो समाचार 1951 पटक पढिएको

काठमाडौं । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले आगामी १५ दिनभित्रमा काठमाडौं उपत्यकामा वितरण हुने दूधलाई गुणस्तरीय र शुद्ध बनाएर बाहिर सन्देश जाने गरी उपत्यकामा वितरण हुने स्वस्थ्यकर छ भनेर घोषणा गर्न निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले पशुपंक्षी मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिका सभापति मोहन बरालले १५ दिनभित्र उपत्यकाभित्र र उपत्यकावाहिर यथासिध्र स्वस्थकर दुध वितरणको मापदण्ड लागू गर्न पशुपंक्षी मन्त्रालय र दुग्ध विकास संस्थानलाई निर्देशन दिएको छ । सभापति बरालले सरकार जवाफदेही नभए सोही अनुसारको कारवाही प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

पशुपन्छी विकासमन्त्री शन्तकुमार थारु, सोही मन्त्रालयका सचिव डा. युवकध्वज जीसी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिवकुमार कर्ण र दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगाप्रसाद तिमल्सिनालगायतको सहभागिता रहेको बैठकमा समितिले यस्तो निर्देशन दिएको हो ।

बैठकले कम्पनी, सहकारी तथा अन्य डेरी विकासको आधारमा उत्पादित दूधहरु बजारमा उपलब्ध गराउने क्रममा स्वच्छ, गुणस्तरयुक्त दूध नभएको अवस्थामा सो उत्पादित कम्पनीलाई कारवाही गर्न समेत निर्देशन दिएको छ । समितिका सभापति बरालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा पशुपंक्षी विकास मन्त्रालयमा रोकिएका तीन वटा ऐन निर्माण स्वीकृति प्रक्रियासमेत अघि बढाउन निर्देशन दिएको छ ।

समितिले बजारमा पशुपालन तथा खाद्य वस्तुको अनुगमन बाधक बनेका कानून परिमार्जनका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । बैठकमा पशुपक्षी विकासमन्त्री शन्तकुमार थारुले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने दूध उत्पादन तथा प्रशोधन गर्ने कारखाना स्थलगत अनुगमन गरी सुधारका लागि पहल गरिने बताए ।

मन्त्रालय कम लागतमा दूध उत्पादन बढाउने योजनाको तयारीमा रहेको जानकारी गराउँदै मन्त्री थारुले पशुपालनमा थप अनुदानका कार्यक्रम सञ्चालन गरी युवालाई मुलुक भित्रै रोजगारीका अवसर सिर्जना गर्न आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

बैठकमा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसी, दुग्ध विकास संस्थानका प्रबन्ध निर्देशक गंगा तिम्सिना, खाद्य तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्ण लगायतले आआफ्ना निकायका काम कारबाहीका बारेमा जानकारी गराए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :