कृषि व्यवसायीकरणका लागि ८ अर्ब

This post has already been read 239 times!

  • – १ करोडसम्म सिधा अनुदान
  • – ७९ प्रतिशत रकम कृषि र ग्रामीण विकासलाई
  • – ७५ प्रतिशत कार्यक्रम साना कृषक र सहकारीमा
  • – २५ जिल्लाबाट ७५ जिल्लामा कार्यक्रम विस्तार
काठमाडौं, ५  पुस – कृषि विकास मन्त्रालयअन्तर्गतको हालसम्मकै ठूलो कार्यक्रम व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को बजेट थप साढे ५ अर्बसहित ८ अर्ब १८ करोड पुगेको छ । सन् २००९ देखि सुरु भएको प्याक्ट २०१८ सम्मका लागि थपिएको छ भने २५ जिल्लाबाट ७५ जिल्लासम्म विस्तारित भएको छ ।
कृषि व्यवसायीकरणका लागि ८ अर्ब
प्याक्टले गत वर्षसम्म बढीमा ४० लाख रुपैयाँसम्म अनुदान व्यवस्था गरेकोमा यो वर्षदेखि १ करोडसम्म पु¥याएको छ । गाई, भैंसी, बाख्रा, बंगुर, माछा, कुखुरालगायत व्यावसायिक पशुपालन र तरकारी, आलु, चिया, कफी, च्याउ, फलफूललगायत कृषिउपज उत्पादन\बजारीकरणसँग सम्बन्धित कामका लागि कृषकले प्याक्टबाट ३० देखि ५० प्रतिशतसम्मको अनुदान पाउनेछन् । कृषक समूह र कृषि सहकारीमार्फत सञ्चालन गरिने कार्यक्रमका लागि ५० प्रतिशत र कम्पनीमार्फत गरिने कार्यक्रमका लागि ३० प्रतिशत अनुदान व्यवस्था गरिएको प्याक्ट निर्देशक डा. योगेन्द्र कार्कीले बताए ।
सुरुमा विश्व बैंकको २ करोड अमेरिकी डलर सहयोगसहित कुल २ करोड ६५ लाख डलरको परियोजना सफल भएका कारण बैंकले थप बजेट उपलब्ध गराउने सम्झौता गरेको जानकारी कार्कीले दिए । “कृषि क्षेत्रको विकासका लागि प्याक्ट एउटा कोसेढुंगाको रूपमा स्थापित भएको छ,” उनले भने, “कार्यक्रमको मूल्यांकनबाट प्रभावित भएर सहयोग थपिएको छ, अब हामी कृषि व्यवसायीकरणका लागि खुलेर लगानी गर्न सक्ने अवस्थामा छौं ।” परियोजनाको कुल बजेटमध्ये विश्व बैंकको ६ अर्ब अमेरिकी डलर सहयोग (४६ प्रतिशत अनुदान र ५४ प्रतिशत ऋण) रहेको उनले बताए ।
आयोजनाको कुल बजेटमध्ये ७३.३ प्रतिशत विश्व वैंक, २४ प्रतिशत लाभ लिने पक्ष (व्यावसायिक कृषक) र २.७ प्रतिशत हिस्सा नेपाल सरकारले बेहोर्ने व्यवस्था छ । आयोजनाअन्तर्गतको पहिलो क्षेत्र कृषि एवं ग्रामीण व्यवसाय विकासअन्तर्गत ७९ प्रतिशत रकम सिधा ग्रामीण तहमा पु¥याउने प्याक्टको कार्यक्रम छ । त्यसैगरी कृषि वस्तुको शुद्धता कायम गर्न सुविधा एवं खाद्य गुणस्तर व्यवस्थापन सहयोगका लागि कुल बजेटको ६.६ प्रतिशत र परियोजना व्यवस्थापन, अनुगमन तथा मूल्यांकन खर्च १४.४ प्रतिशत कायम गरिएको छ ।
अनुदानको ठूलो हिस्सा सिधै ग्रामीण तहमा पुग्ने प्याक्टको कार्यक्रम आफैंमा नमुना रहेको अनुगमन तथा मूल्यांकन विशेषज्ञ डा. वीरेन्द्रवीर बस्न्यातले बताए । “अन्य कतिपय ठूला परियोजनामा ३० प्रतिशतसम्म रकममात्र सिधा जनस्तरमा पुग्ने गरेको छ तर प्याक्टको बजेट ७९ प्रतिशत जान्छ,” उनले भने, “नेपालमा मूल्यांकन तथा अनुगमनका लागि मात्रै ४० प्रतिशतसम्म छुट्ट्याउन अभ्यास भइरहेको अवस्थामा प्याक्टले अन्तर्राष्ट्रिय मापदण्डअनुसार थोरैमात्र विनियोजन गरेको छ ।” ४ करोड डलरको बजेट थपे पनि अनुगमन, मूल्यांकन र व्यवस्थापन खर्च नबढेकोमा भने उनले गुनासो गरे ।
तुलनात्मक र व्यावसायिक लाभका कृषि वस्तुको व्यावसायिक उत्पादन र बजारीकरणका लागि सिधा अनुदानको व्यवस्थासहित हालसम्म ४ पटक प्रस्ताव आह्वान गरिएको छ । पहिले कुनै एउटा फर्म, व्यक्ति, कम्पनी वा सहकारीले व्यक्तिगत रूपमा मात्र प्रस्ताव गर्न सक्ने व्यवस्था भए पनि यो वर्ष भने कम्तीमा ३ वटा पक्षले ‘भ्यालु चेन’मा आधारित कृषि उत्पादन तथा बजारीकरणका लागि साझेदारीमा प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
चौथो आह्वानमा कुल ७ सय ७९ सामूहिक प्रस्ताव दर्ता भएका छन् । फर्म, कृषक समूह, सरकारी र कम्पनी गरी २ हजार ४ सय ५४ छन् । प्रारम्भिक प्रतिवेदनअनुसार ७१ जिल्लाबाट प्रस्ताव परेको र थप अध्ययन भइरहको प्याकले जनाएको छ ।
प्राप्त प्रस्तावलाई निश्चित मापदण्डअनुसार परीक्षण गरिने र १ सयमा ६० नम्बर ल्याउन सक्षम प्रस्ताव सुरुको चरणमा पास हुने प्रमुख कार्कीले बताए । “प्याक्टमा परेका सबै आयोजनाका अवधारणापत्रलाई रकम उपलब्ध गराउन प्रोजेक्ट सक्षम छ तर निश्चित प्रणालीबाट आएका र छानबिनपश्चात छनोटमा परेकालाई मात्र अनुदान उपलब्ध गराइनेछ,” उनले भने, “तर, वास्तवमै व्यावसायिक कृषि कर्म गर्न चाहनेहरू भने छुट्ने छैनन् ।” छनोट प्रक्रिया कडा रहेको र कार्यक्रम पास भएपछि कार्यान्वनमा पनि निगरानी हुने भएकाले गलत मान्छेको हातमा योजना नपर्ने दाबी उनको छ ।
एक साताभित्र पहिलो चरणको छनोट गर्ने र १ महिनासम्ममा अन्तिम छनोट गरेर सम्बन्धित पक्षलाई प्रमाणपत्र वितरण गरिसक्ने प्याक्टको योजना छ । छनोटपश्चात् सार्वजनिक कार्यक्रम आयोजना गरी पक्षहरूलाई प्रमाणपत्र वितरण गर्ने प्रावधानसमेत छ । प्याक्टअन्तर्गत हाल ५१ उपआयोजना सञ्चालनमा छन् भने ४८ आयोजना ९४ प्रतिशतसम्म पूरा भइसकेका छन् । चालू वर्ष कम्तीमा १ सय ५० योजना छनोटमा पर्नसक्ने निर्देशक कार्कीले बताए ।

8 thoughts on “कृषि व्यवसायीकरणका लागि ८ अर्ब

  • January 2, 2015 at 10:26 pm
    Permalink

    Hi everyone, it’s my first pay a visit at this web page,
    and article is genuinely fruitful in favor of me, keep up posting these content.

  • January 1, 2015 at 1:46 pm
    Permalink

    Attractive component to content. I simply stumbled upon your site
    and in accession capital to say that I acquire actually enjoyed account your blog posts.
    Anyway I’ll be subscribing on your augment and even I achievement you get
    entry to constantly rapidly.

Comments are closed.