बनेपामा कृषि तथा पशुजन्य मेला हुने

यो समाचार 81 पटक पढिएको

बनेपा, ४ माघ । काभ्रेको बनेपामा चौथो मध्यमाञ्चल औद्योगिक व्यापार, कृषि तथा पशुजन्य मेला हुने भएको छ ।Mahotsava

कृषि क्षेत्रमा अग्रणी जिल्लाका रूपमा रहेको काभ्रेमा स्थानीय व्यवसायको विकास तथा स्रोत साधनको पहिचान गरी लगानीको सम्भावना बढाउने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा कृषि उत्पादनलाई प्राथमिकता दिइने उद्योग वाणिज्य सङ्घका प्रचार संयोजक प्रकाश मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृषिका अन्य उत्पादनसहित दूध र दूधबाट उत्पादन भएका वस्तुलाई लक्षित गरेर मेला आयोजना गरिने भएको हो । यसबाट उपभोक्ता र उत्पादित वस्तुको प्रत्यक्ष भेटघाट भई त्यसले उत्पादनको प्रचारप्रसारमा सहयोगीको भूमिका निर्वाह गर्छ– प्रचार संयोजक मानन्धरले भन्नुभयो ।

 

व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समृद्धि भन्ने नाराका साथ आगामी फागुन १ गतेदेखि ११ गतेसम्म बनेपाको स्थानीय तरकारी बजारमा सो मेला हुनेछ । मेलाका लागि स्थानीय निकाय, घरेलु तथा साना उद्योग कार्यालयलगायत सहआयोजकका रूपमा रहेका छन् । १३५ वटा विभिन्न स्टल रहने मेलामा एक लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने र त्यसबाट झन्डै रु तीन करोडको कारोबार हुने अनुमान गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :