दलहन बालीले बजार नपाउँदा किसान मर्कामा

यो समाचार 154 पटक पढिएको

ओखलढुङ्गा, ४ माघ । आफूले उत्पादन गरेको दलहन बालीले बजार नपाएपछि ओखलढुङ्गाका किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । जिल्लाको सुक्खा क्षेत्रका रूपमा चिनिने सिस्नेरी र बलखु गाविसका किसानले उत्पादन गरेको दलहनले बजार नपाएपछि उनीहरू कम मूल्यमै बेच्न बाध्य भएका हुन् ।

Dalवार्षिक लाखौँको दलहन बाली उत्पादन भए पनि यातायातको सुविधा नहुँदा दुर्गम गाउँबाट बजारसम्म पु¥याउन नपाएको किसानको गुनासो छ । गाउँमा बजार मूल्यभन्दा धेरै कम मूल्य पाएपछि सिस्नेरी गाविसको मोलुङ दोभानमा सङ्कलन केन्द्र स्थापना गरेको स्थानीय नवराज खड्काले बताउनुभयो । मूल्य कम पाएपछि किसानले यातायात चल्ने स्थानसम्म दलहन पु¥याउन सङ्कलन केन्द्र स्थापना गरेका हुन् ।

आफूहरूले उत्पादन गरेको उक्त सामग्रीलाई सोही पसलमा जम्म गर्ने गरेको स्थानीयवासीको भनाइ रहेको छ । जिल्ला सदरमुकाममा सेतो बोडीको मूल्य प्रतिकेजी रु १३०, गहत रु १००, सिमी रु ८०, स्वस्ती बोडी रु ८० र राज्मा रु ८० भए पनि ठेकेदारले गाउँमा उचित मूल्य नदिँदा किसान मर्कामा परेका हुन् । हिउँदे बालीका रूपमा भदौ महिनामा बारीमा छरिने राज्मा, सेतोबोडी, स्वस्ती सिमी, रातोबोडी, गहत, घ्यू सिमी, मास, भटमासलगायतका दलहन बाली मङ्सिरमा पाक्ने गर्छ । किसानहरूले आफूले उत्पादन गरेको दलहन बालीको बजारको व्यवस्था गर्न तथा गाउँमा यातायातको सुविधा दिन स्थानीय सरकारी कार्यालयसँग माग गर्दै आएका छन् ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :