चाडपर्वमा सुरक्षित मिठाईको उपभोग

यो समाचार 285 पटक पढिएको

नेपालीको अर्काे एउटा महान चाड तिहार शुरु भै सकेको छ । साथै नेपाल संवत्को नयाँ वर्ष पनि यसै समयमा नै पर्ने र लगतै छठ पर्व अर्को ठूलो चाड हाम्रो घर आगनमा आउने संघारमा रहेकोले यो समय विषेश चाडपर्व रुपमा सबै समुदाय मान्य गरिन्छ । यी चाडमा विशेष गरि मिठाइ तथा मिठाइ जन्य पदार्थ, फलफूल ज्यादा उपभोग गरिन्छ । परम्परागत रुपमा मिठाइ जन्य पदार्थ आफ्नै घरमा तयार गरेर उपभोग गर्ने गरिन्थ्यो । समयको परिवर्तन सँगसँगै हाम्रा चाडपर्व मनाउने तौर तरीकामा समेत परिवर्तन भएको छ । विशेष गरी शहरी क्षेत्रमा मिठाइ जन्य पदार्थको उपभोग बढ्दै गएको पाइन्छ र साथ–साथै मिठाइ जन्य पदार्थ बनाउने मिठाइ पसलहरु पनि क्रमिक रुपमा विस्तार हुँदै गएको छ ।

जिवनप्रभा लामा
जिवनप्रभा लामा

मिठाइ उद्योगको अवस्था ः
मिठाइ बनाउने केही साना उद्योगहरु भौतिक संरचना तथा अन्य उपकरण÷औजारको हिसाबले हेर्दा सामान्य उद्योग मात्र देखिएतापनि ती उद्योगहरुमा खाद्य उत्पादनको विविधिकरणको कारणले धेरै किसिमका मिठाईहरु माग अनुसार बजारमा उपलब्ध भएको पाइन्छ । तिहार र छठ जस्ता चाडमा मिठाइको उपभोग उल्लेख्य मात्रामा बढ्ने हुँदा यसको गुणस्तरलाई कायम राखी राख्नु पनि उत्तिकै चूनौतिपूर्ण कार्य रहेको छ । मिठाइको गुणस्तर कायम राख्न र जनस्वास्थ्यको रक्षा गर्न उत्पादक, वितरक, उपभोक्ता तथा नियमन निकायहरुले केही सामान्य कुरामा विशेष ध्यान दिनु जरुरी छ ।

उत्पादक/उद्योगले ध्यान दिनुपर्ने ः

  •  मिठाइ पसल दर्ता, स्विकृती लिएर मात्र चलाउने,
  •  मिठाइ बनाउने कच्चा पदार्थ, विशेष गरी “खुवा” र अन्य दूध जन्य पदार्थको खरीद गर्दा गुणस्तरीय कच्चा पदार्थहरु मात्र खरिद गर्ने,
  •  खुवा र अन्य दूध जन्य पदार्थको भण्डारण गर्दा चिसोमा भण्डारण गर्नुपर्ने हुँदा चिस्यानको व्यवस्था गर्ने, यदि चिस्यानको व्यवस्था नभएको खण्डमा थोरै मात्र खुवा तयार गर्ने र तयारी खुवाबाट मिठाइ बनाउने,
  • मिठाइ बनाउन प्रयोग गरिने अन्य कच्चा पदार्थ जस्तैः तेल, घ्यू आदिको गुणस्तरमा ध्यान दिने, उपभोग्य मिति समाप्त भएको कच्चा पदार्थ प्रयोग नगर्ने,
  • तयारी कक्ष, बिक्री कक्ष, उत्पादन कक्षको नियमित सरसफाइमा ध्यान दिने,
  • कामदार कर्मचारीको स्वास्थ्य र सरसफाइमा ध्यान दिने,
  •  कुनै पनि अखाद्य रंगको प्रयोग नगर्ने र खाद्य रंगको प्रयोग गर्दा समेत तोकीएको मात्रा र तरीका अनुसार मात्र प्रयोग गर्ने, उपभोग्य मिति समाप्त भएको खाद्य रंग प्रयोग नगर्ने ।

बिक्री वितरण गर्नेले ध्यान दिनुपर्ने ः

  •  मिठाइ बिक्री गर्ने स्थलको सरसफाइ कायम राख्ने,
  •  खुल्ला रुपमा बिक्री वितरण नगर्ने,
  •  मिठाइलाई चिसो तर सुख्खा ठाउँमा राखेर बिक्री गर्ने,
  •  मिठाइ बिक्री गर्दा मिठाइलाई नाङ्गो हातले नसमाउने, विशेष उपकरण ूत्यलनगभू अथवा ूम्ष्कउयकबदभि न्यिदभू को प्रयोग गर्ने ।
  •  चाड उपयोग गर्ने मिठाइ र लामो समयसम्म उपभोग गर्न सक्ने मिठाइ छुट्टा–छुट्टै राख्ने ।

उपभोक्ताले ध्यान दिनुपर्ने ः

  • मिठाइ खरीद गर्दा आधिकारीक रुपमा दर्ता भएका पसलहरु तथा अनुज्ञापत्र प्राप्त भएका उद्योगबाट मात्र खरीद गर्ने,
  • खुल्ला बिक्री वितरण भएको स्थानमा खरीद नगर्ने,
  • मिठाइ सुरक्षित राख्ने,
  •  सुरक्षित तरिकाले ूक्जयध ऋबकभू मा राखिएको मिठाइ मात्र खरीद गर्ने,
  •  बढी रंग प्रयोग गरिएका मिठाइहरु सकेसम्म उपभोग नगर्ने,
  •  झिंगा भन्केको, फोहर अवस्थामा तयार गरेको मिठाई खरिद नगर्ने ।

तिहार र छठ जस्ता पर्वमा केही मिठाइ जन्य परिकारहरु घरैमा पनि तयार गरिन्छ । सामान्य रुपमा घरमा बनाइने त्यस्ता परिकार स्वास्थ्यको हिसाबले बढी स्वस्थकर हुन्छन् । घरमै बनाउने “सेल रोटी”, अनर्सा र अन्य परिकारका लागि प्रयोग गरिने “तेल” बाँकी रहने र त्यसलाई पुनः प्रयोग गर्ने चलनलाई हाम्रो समाजमा सामान्य रुपमा लिइन्छ । तर बढी तापक्रममा तातेको त्यस्तो तेलको प्रयोग स्वास्थ्यका लागि हानिकरक हुन्छ । यसरी बढी तापक्रममा तताइएको र बारम्बार तताएको तेलले मुटु तथा मृगौलासम्बन्धी रोगलाई बढाउने हुँदा तेलको पुनः प्रयोगलाई निरुत्साहीत गरौं ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विशेष कार्यदल बनाई चाडपर्व विशेष अनुगमन कार्यक्रम संचालन गरेको छ । सो अनुगमनको क्रममा अधिकांश खुवामा पिठो÷स्टार्च मिसाइएको पाइएको, सडेगलेको मिठाइ बिक्री वितरण गर्न राखेको, भण्डारण गरेको, मिति समाप्त भएको खाद्य रंग प्रयोग गरेको, मिठाइ बनाउने स्थान फोहर भएको अवस्था पाइएको छ । हालैको अनुगमनमा करिब १०० के.जी. जति मिठाइ, कच्चा पदार्थ, खुवा जफत गरी बिक्री वितरण हुनबाट रोकिएको छ । अनुगमनको क्रममा पसल बन्द गराएर तत्काल सुधार गरेर मात्र संचालन गर्न निर्देशन दिएको छ भने केही ठाउँमा सरसफाइमा सुधार भएको पनि पाइएको छ । यस विभागले जनचेतनामूलक प्रचार सामाग्री देखि लिएर उद्योगी व्यवसायीलाई तालिम र अन्य प्रविधिक परामर्श समेत दिने गरेको छ । उद्योगी व्यवसायी र उपभोक्ताको सामान्य तयारी र सावधानीले जनस्वास्थ्यको रक्षा गर्ने यस विभागको उद्देश्य प्राप्तीमा समेत सहयोग पुग्ने आशा गरेकी छु ।
लेखक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक हुन ।

अन्नपूर्णबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :