बोका किन्न आएको बजेट फ्रिज

This post has already been read 267 times!

दार्चुंला । जिल्ला पशुसेवा कार्यालय दार्चुलामा बोयर जातको बोका किन्नका लागी आएको कुल बजेट २८ लाख ५० हजार रुपैयाँ मध्ये ८ लाख १० हजार रुपैया फ्रिज गएको छ।

दार्चुलामा चालु आर्थिक बर्षमा ९५ वटा कृषक समूहलाई उन्नत जातको बोका वितरण गर्नु पर्ने लक्ष्य रहेको भए पनि उन्नत जातको बोकाको उत्पादन अभावमा रकम फ्रिज गएको जिल्ला पशु सेवा कार्यालय दार्चुलाका पशु चिकित्सक हरीदत्त भट्टले जानकारी दिनुभयो।

उनले भने बोयर जातको बोकाको उत्पादन डोटी र डडेलधुरा जिल्लामा हुनेगरेको छ। पशु कार्यालयले यो आर्थिक बर्षमा कृषकलाई ९५ बोका दिने भने पनि बोका अभावमा लक्ष्य समेत पुर्‍याउन नसकेको भट्टको भनाइ छ। कार्यालय मार्फत सञ्चालित कृर्षि तथा खाध्य सुरक्षा कार्यक्रम अन्तरगत विभिन्न कृषक समूहलाई ६८ वटा बोयर जातको बोका वितरण गरेको पशु चिकित्सक भट्टले जानकारी दिनुभयो।

बोकाको जीवित तौल प्रति किलो ग्राम ८ सय रुपैयाँसम्म खरिद गर्न सकिने गरी रकम बिनियोजित भएको उहाँको भनाइ छ। देशका विभिन्न ठाउँमा दूधका लागि बाख्रा पालन गरिने भए पनि नेपालको सन्द्रभमा मासुको लागि बाख्रा पालन गरिने उहाँको भनाइ छ। दार्चुला जिल्लामा बिगत ३ बर्ष देखि दत्तु, हुनै नाथ, गुल्जर, लटीनाथ, धारी, सुनसेरा, धौलाकोट गरी साबिक्का १० गाविसमा कृर्षि तथा खाध्य सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको पशु चिकित्सक भट्टले जानकारी दिनु भयो।