गाई पालेरै मासिक ८२ हजार बढी आम्दानी

यो समाचार 297 पटक पढिएको

दाङ,  ‘धन कमाउन विदेश जानै पर्छ भन्ने छैन, मिहिनेत र परिश्रम गरे स्वदेश मै मनग्य आम्दानी गर्न सकिन्छ’, यो भनाइ दाङ देउखुरी लालमटियाका कृषक मिनराज अधिकारीको हो । व्यवसायिक रुपमा गाई पालिरहेका कृषक अधिकारीले दूध बेचेर मासिक ८२ हजार भन्दा बढी आम्दानी गरिरहेको बताउनुहुन्छ । cowअधिकारीले उन्नत गाई पालेर दिनमा ७२ लिटर दूध दुहि रहनुभएको छ । ३ वटा गाईबाट व्यवसाय सुरु गर्नुभएका अधिकारीको व्यवसाय फस्टाएर अहिले उहाँको गोठमा १० वटा मोटा–मोटा गाई बाँधिएका छन् । ६ वटाका त बाच्छा बाच्छी पनि छन् । गएको वर्ष ३ वटा गाईले २३ लिटर दूध पुग नपुग प¥याउँथे भने अहिले आफूले खाएर बचेको ७२ लिटर दूध बेच्ने गरेको अधिकारीले बताउनुभयो । त्यस्तै दाङको बराह खुट्टी ७ का शोभा खर भुसालले पनि गाई पालनबाट मनग्य आम्दानी गरिरहेको बताउनुहुन्छ ।

 

उहाँले ६ वटा दुहुना गाईले दिएको ६० लिटर भन्दा बढी दूध बेचेर मासिक ६५ हजार भन्दा बढी आम्दानी गरिरहनुभएको छ । यता लालमटिया नयाँगाउँका हुकुमबहादुर बस्नेतले पनि गाई पालेर मनग्य आम्दानी गरिरहनुभएको छ । व्यवसायिक रुपमा ११ वटा गाई पालिरहनुभएका बस्नेतले दिनमा ४० लिटर भन्दा बढी दूध बेचिरहेकोे बताउनुहुन्छ । उहाँले दूध बेचेर प्रतिमहिना ४५ हजार रुपैयाँ आम्दानी गरिरहेको बताउनुभयो । ‘श्रीमान, श्रीमती आफै गाई पालनमा लागेका छौं’, बस्नेतले भन्नुभयो, ‘काम गर्ने मान्छे पनि राख्नुपरेको छैन ।’ एउटा गाईलाई दिनमा २० रुपैयाँ बराबरको घाँस खुवाए पुग्ने बताउँदै बस्नेतले गाईका लागि ५ कट्टामा घाँस खेती गरेको जानकारी दिनुभयो । ७ वटा गाईबाट व्यवसाय थाल्नुभएका बस्नेतले गाई पालनबाट पारिवारिक लालनपालन राम्ररी गरिरहेको बताउनुभयो ।

यता विदेश (कतार) बटुलेको अनुभवबाट गाई पाल्न थाल्नुभएका पिपराखुट्टीका दुर्गा भण्डारीले दिनमा ६ हजार रुपैयाँको दूध बेचिरहनुभएको छ । कतारमा ३ वर्षको अनुभव बटुल्नुभएका उहाँलाई साउदी पनि नरुचे पछि स्वदेशमै आएर गाई पाल्न थाल्नुभएको हो । ‘विदेश जान लाग्ने पैँसाले यही कृषि क्षेत्र मै लगानी गरेपछि मनग्य कमाइन्छ भनेर लागेँ’, भण्डारीले भन्नु भयो, ‘विदेश गएर अरुको गुलामी गर्नुभन्दा स्वाभिमानी भएर आफ्नै काम गर्नु राम्रो ।’ ४ वर्ष पहिले २ वटा गाईबाट व्यवसाय गर्न सुरु गर्नुभएका भण्डारीको गोठमा अहिले १० वटा गाई बाँधिएका छन् । यता जिल्लामा १ लाख २६ हजार ८ सय ११ स्थानीय र १ हजार २ सय २९ उन्नत गरी १ लाख २८ हजार गाई रहेको जिल्ला पशु कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार ४ सय ६२ उन्नर्त र २७ हजार ५ सय ३४ स्थानीय गाई

रचनात्मक प्रतिक्रिया दिनुहोस् :