जुम्ला र मुस्ताङमा स्याउ ‘ग्रेडिङ मेसिन’

यो समाचार 246 पटक पढिएको

काठमाडौं, नेपालमै पहिलो पटक स्वचालित रूपमा स्याउ गणना गर्ने, धुनेलगायत काम गर्ने स्याउ ग्रेडिङ मेसिन जुम्ला र मुस्ताङमा पु¥याइएको छ । नेपालमा उत्पादन हुने स्याउको गुणस्तर कायम गर्दै बजार विस्तारमा टेवा पु¥याउन सरकारको ७५ प्रतिशत अनुदानमा स्थानीय कृषि सहकारीको पहलमा मेसिन पु¥याइएको हो ।
Apple Procesingमेसिनले प्रतिघण्टा २ देखि ३ मेट्रिक टन स्याउ गणना गर्न सक्छ भने गुणस्तरीय र गुणस्तरहीन स्याउ छुट्याउने, स्याउ धुने, मैन लगाउनेलगायत काम स्वचालित रूपमा गर्छ । “देशमै स्याउको बजार विस्तार गर्न र विदेशबाट आयात हुने स्याउ प्रतिस्थापन गर्न आवश्यक देखिएको छ,” फलफूल विकास निर्देशनालयका निर्देशक महेन्द्रमान श्रेष्ठले भने, “आयात प्रतिस्थापनसँगै स्याउ निर्यातको उद्देश्यले पहिलो पटक जुम्ला र मुस्ताङमा स्याउ गे्रडिङ मेसिन सञ्चालनमा ल्याइएको हो ।” मेसिनको सञ्चालनपछि पहाडका स्याउ प्याकिङ गरेर सहर पु¥याउन सहज हुने उनले बताए ।

 
डेढ वर्षअघि नेपाल भिœयाइएका दुवै मेसिन ढुवानीको समस्याले चालू आवमा मात्र तोकिएका स्थानमा पु¥याइएका हुन् । तर, आवश्यक विद्युत् अभावले मेसिन पूर्ण रूपमा सञ्चालन हुन भने सकेको छैन । स्थानीय मार्फा सहकारीले जुम्लामा भिœयाएको मेसिनको चालू आवमा परीक्षणका रूपमा मात्र सञ्चालन गरी थन्किएको छ भने मुस्ताङमा हालसम्म पनि चल्ल सकेको छैन । मेसिन सञ्चालनमा ल्याउन २ सय २० भोल्ट करेन्टको आवश्यक पर्ने तर जुम्लामा १ सय १० भोल्ट मात्र भएकाले मेसिन सञ्चालन गर्न समस्या परेको हो ।

 
जुम्लाको समस्या थ्रि फेजको लाइन विस्तार भएपछि समाधान हुने निर्देशनालयका निर्देशक श्रेष्ठले बताए । “जुम्लाको मेसिन सञ्चालन गरेर उद्घाटन गरिएको छ । तर, पूर्ण क्षमतामा निरन्तर सञ्चालन गर्न विद्युतको समस्या परेको हो,” उनले भने, “जुम्लामा विद्युत्को क्षमता बढाउने काम सुरु गरिसकिएको छ । मुस्ताङमा पनि जेनेरेटर राख्ने कामको सुरुवात भएको छ ।” आगामी वर्षदेखि दुवै जिल्लाका मेसिन पूर्ण क्षमतामा सञ्चालनमा आइसक्ने उनले बताए ।

 
१० वर्षे ‘स्याउ आत्मनिर्भर’ कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०६८/६९ देखि हरेक वर्ष ९० लाख रुपैयाँ मेसिन खरिदका लागि मात्र विनियोजन हुँदै आएको छ । कार्यक्रम सुरु भएदेखिको ५ वर्षभित्र स्याउको उत्पादन बढी हुने सबै पहाडी जिल्लामा मेसिन पु¥याउने सरकारी कार्यक्रम छ । कार्यक्रमअनुसार ४ वर्षसम्मका लागि हरेक वर्ष २ वटाका दरले मेसिन खरिद गरि सक्ने गरी काम भइरहेको निर्देशनालयले जनाएको छ । मिसन कार्यक्रम सुचारु गर्न ‘स्याउ आत्मनिर्भर कार्यक्रम सञ्चालन निर्देशिका०६८’ समेत जारी भएको छ ।

 
निर्देशिकाले स्याउ आयात प्रतिस्थापन गर्न ५ वर्षका लागि ८ करोड ३२ लाख रुपैयाँ अनुमानित खर्च तोकेकोे छ । सरकारले स्याउको बजार व्यवस्थापनका लागि स्याउको चाना बनाउने मेसिन, स्टिल फ्रेम भएको हार्भेस्टिङ ब्याग, आलमुनियमको ६ खुड्किला भएको फोल्डिङ भ¥याङ, स्याउ भण्डारण गर्न सोलार स्टोर स्थापना र कार्टुन छपाइ, ढुवानी (हुम्ला, मुगु, मनाङबाट हवाइ मार्ग हुँदै बजार पु¥याउन) सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।

 
०७१/७२ देखि ०७४/७५ सम्म ९.६ प्रतिशतका दरले र त्यसपछि ०७८/७९ सम्म ९.६ प्रतिशतले बर्सेनि उत्पादकत्व बढाइने योजना छ । हाल नेपालमा ९ हजार ९ सय हेक्टर क्षेत्रमा स्याउ उत्पादन गरिन्छ । नेपालमा हरेक वर्ष ३७ करोड रुपैयाँबराबरको ३७ लाख मेटनभन्दा बढी स्याउ आयात भइरहेको छ । गत आवमा करिब ५९ हजार मेटन स्याउ उत्पादन भएको निर्देशनालयको अनुमान छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :