यस्तो बन्दै छ नमूना राष्ट्रिय परिचयपत्र

यो समाचार 1123 पटक पढिएको

काठमाडौं । सरकारले आगामी माघ महिनाभित्रमा १ लाख १७ हजार नेपालीलाई बायोमेट्रिक्ससहितको राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ ।  गृहमन्त्रालयले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरणलाई एकीकृत गरी डिजिटलाइज्ड रुपमा भण्डारण हुने गरी बायोमेट्रिक्स प्रणालीा आधारित स्मार्ट कार्ड वितरण गर्न लागेको हो।

गृह मन्त्रालयले पहिलो चरणमा कुनै निश्चित जिल्लाका १ लाख १० हजार नागरिक र सिंहदरबार भित्र कार्यरत ७ हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको हो। त्यसका लागि असार ८ गतेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय परिचयपत्रको डिजाइनलाई स्वीकृत दिइसकेको छ। गृहले पहिलो चरणमा कुन जिल्लाका जनतालाई परिचयपत्र वितरण गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको जनाएको छ ।

गृहमन्त्रालयलको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले कार्ड प्रशोधन केन्द्रको तयारी भइसकेको र आवश्यक हार्डवयर तथा सफ्टवेयरको आपूर्ति गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको जनाएको छ।

परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक उद्धवप्रसाद तिमल्सेनाले इन्टरनेट सर्भिस निर्माण गरी पंजिकरण प्रणाली र राहदानी विभागसँग समेत सेवा आवद्ध गर्ने तयारी भइरहेको बताए ।

केन्द्रले बिहीबार काठमाडौबाट स्थानीय तहमा निर्वाचन जनप्रतिनिधिलाई राष्ट्रिय परिचयपत्रको पछिल्लो अवस्था र महत्वका बारेमा जानकारी दिएको थियो। एशियाली विकाश बैंकको अनुदान सहयोगमा पहिलो चरणका लागि अन्र्तराष्ट्रिय बोलपत्रको प्रक्रियाबाट छानिएको फ्रान्सेली कम्पनीले काम सुरु गरिसकेको छ।