नेपालमा परेवापालन

यो समाचार 1164 पटक पढिएको

  •  रामेश्वर सिंह पाण्डे

परेवापालन (Pigeon Farming)

विश्वभरि नै परेवालाई शान्तिको दुतको रूपमा, मनोरन्जनका लागि परेवा उडानको खेल तथा मन्दिरहरूको शोभा बढाउन पाल्ने गरिन्छ । परेवा नै यस्तो पक्षी हो जसलाई सबै धर्म र जातका मानिहरूले आदर सम्मान र माया गर्दछन् । विश्वका सबै धर्मावलम्बी र धर्मस्थलहरूमा परेवा पाइन्छ र परेवालाई आहारा खुआउनु एक धार्मिक कार्य मानिन्छ ।

 

परेवाहरू जङ्गली जातका रक पिजन -Rock Pigeon_ बाट विकास भएका हुन् । घरपालुवा परेवाको वैज्ञानिक नाउँ (Columba livia f. domestica) हो । पशुपति, स्वयम्भू तथा अन्य मंदिर वरपर पाइने रैथाने परेवालाई फेरल पिजन Feral Pigeon (Columba livia) भनिन्छ । घरपालुवा परेवा केही भद्र,सुन्दर तथा बढी उत्पादन क्षमताभएका हुन्छन् ।
परेवाहरूमा उड्ने क्षमता निकै हुन्छ । यिनीहरू १२५ किलोमिटर प्रति घन्टाको दरले एक दिनमा १००० किलोमिटरसम्म उड्न सक्छन् र लगातार ५५ दिनसम्म उडिरहनसक्ने रेकर्ड छ । परेवा निक्कै वुद्धिमान पक्षी हो । यिनीहरूले कासौं टाढाको आफ्नो घर चिन्ह सक्छन् । यसैले पहिलो प्रेम र युद्धको समयमा परेवालाई सूचना आदानप्रदान गर्ने दुतको रूपमा प्रयोग गरिन्थ्यो । पहिलो विश्व युद्धताका सम्म परेवालाई सन्देशवाहकको रूपमा प्रयोग गरिन्थयो, टेलिफोनको आविश्कार भएपछिमात्र परेवाको प्रयोग कम हुनलाग्यो ।

परेवापालन व्यवसायको रूपमा पनि गर्न सकिन्छ । परेवापालन व्यवसाय मनोरन्जनात्मक, शान्तीदायक तथा लाभप्रद व्यवसाय हो । थोरै लगानी र ज्ञानको आधारमा आफ्नो घरको छत, कौसी, कोठा आदिमा परेवा पाल्न सकिन्छ । हाल मासुका लागि परेवाको बच्चाहरू तराईका गाउँघरमा तथा हाटबजारमा रु २००–३०० जोरीको दरमा बिक्री गरिन्छ भनें काठमाडौंमा साधारण परेवा जोरीको १२००–१५०० देखि फेन्सी परेवा रु २०००–५०००० सम्ममा खरिदबिक्री हुन्छन् ।

परेवा मासुका लागि पनि पालिन्छ । महिना दिनकै उमेरमा मासु खाने लायकको हुने र एकै वर्षमा ६–७ पटक बच्चा कोरल्ने परेवा जतिको फायदाजनक अन्य पशुपक्षी कमै छन् । परेवाको विष्टालाई ग्यानो (Guano) पनि भनिन्छ । परेवाको विष्टाबाट उच्चस्तरको मल बन्दछ । परेवासम्बन्धी अध्ययन अनुसन्धान नेपालमा गरेको पाइन्न, सम्बन्धित निकायले यससम्बन्धी ध्यान पु¥याउनु पर्दछ ।

परेवाका जातहरूः
परेवा सहारा मरुभूमी र एन्टार्कटिका बाहेक संसारको हरेक कुनामा पाइन्छन् । विश्वमा ३५० भन्दा बढी जातका परेवाहरू पाइन्छन् ।
परेवा मध्यम आकारको चरा हो । यसको शरीरको लम्बाई करिब ३०–३५ सेन्टिमिटर लामो हुन्छ र र पखेटा फैलाउँदा यसको नाप करिब ६०–७० सेन्टिमिटरसम्म हुन्छ । परेवा संसारको सवै पशुपक्षीहरूमा विविधताभएको चरा हो । यिनीहरू विभिन्न रङ्ग, आकारप्रकारका हुन्छन् । हाल मुख्यमुख्य जातका परेवाहरूमा काठमाडौ स्थानीय, तराईस्थानीय, फ्यानटेल, होमर, मोडेना, ट्रम्पटर, पाउटर, क्रोपर, किङ्ग, ज्याकोविन, चाइनिज आउल आदि मुख्य छन् । परेवाका जात र गुण अनुसार परेवालाई मुख्यतया
क) शौखिन ख) उडानका लागि र

ग) मासुका लागि पलिन्छन् ।
शौखिन जातका परेवा (Fancy breed):
यस जातका परेवा देख्दा सुन्दर, आकर्षक तथा मायालु हुन्छन् । फेन्सी परेवा अन्तरगत
नेपाल, भारत र पाकिस्तानमा पाइने केही लोकप्रिय जातहरूः फ्यानटेल (Fantail), ज्याकोविनस् (Jacobins), प्वाउटर (Pouters), ट्रम्पटर (Trumpter), मेडोना (Medona), लक्का (Lakka), सिराजी वा लाहोरी (Shirazi/Lahores ), मयुरपंखी (Mayurponkhi), इङ्गलिस क्यामरस (English Camers), इहवाइट कुमुलेट (white Chumulet), आदि

उडानजातका परेवा (Flier or Flying breed):
यस जातका परेवा धेरैवेरसम्म आकासमा उडिरहन सक्ने र नयाँ ठाउँमा लगेर छाड्दा पनि आफ्नो घर फर्कन सक्ने विशेषताः हुन्छ । जस्तै ‘रेसिङ्ग होमर (Racing Homer), बिर्मिङ्गम रोलर (Birmingham roller), टिप्लर (Tipplers), कब्रा – Kabra_, कुच पारस -Kuch Paras_, आदि .

मासुका लागि परेवाका जात (Squab breed):
मासुका लागि पालिने परेवा अन्तरगत नेपाल, भारत र पाकिस्तानमा पाइने केही लोकप्रिय जातहरूःतराई स्थानीय, ह्वाइट किङ्ग (White King Pigeon), सिल्भर किङ्ग (Silvere King), टेक्सोना, (Texona),मोन्डाइन (Mondaine), कामाउ (Cameau) गोला (Gola), , लोखा (Lokha),, आदि

परेवाको जीवनचक्रः
वयस्क परेवाको तौल करिब ६०० देखि ९०० ग्रामसम्म हुन्छन् । प्रायः पोथीले २–३ महिनाको उमेरमा अण्डा पार्न सुरु गर्दछे र एक पटकमा एक जोर अण्डा पार्दछे । अण्डा सेब्ने तथा बच्चा हुर्काउने काम भाले पोथी दुबै मिलेर गर्दछन् । अण्डाबाट १७÷१८ दिनपछि बच्चा काढ्छ । अण्डाबाट प्रायः एउटा भाले र अर्को पोथी बच्चा नै जन्मन्छन् । बच्चालाई भाले तथा पोथी दुवैले आहारा खुवाएर हुर्काउँछ । अण्डाका बच्चा कोरले पछि एक हप्तासम्म माउले आफ्नो पेटबाट ¥यालजस्तो क्रप मिल्क (Crop milk_ खुआउने गर्छ र त्यसपछि चारा टिपेर ¥याल मिसिएको आहारा खुआउने गर्छ । परेवाले बच्चा काढेको तीन÷चार हप्तामा फेरि जोर लिएर अर्को अण्डा पार्दछ । परेवा बच्चा करिब ५–६ महिनाको उमेरमा वयस्क हुन्छन् । परेवा वयस्क नभई भालेपोथी छुट््याउन केही गाह््रो हुन्छ । वयस्क भाले केही ठूलो आकारको, ठूलो स्वरमा घुर्ने, नाच्ने र पुच्छर केही भँइमा लत्रने खालको हुन्छ ।
भालेपोथीलाई ५–६ वर्षको उमेरसम्म बच्चा उत्पादनका लागि पाल्न उपयुक्त हुन्छ । परेवाको जोरीले वर्षभरिनै अण्डा दिइरहन्छन् र वर्षमा ५–६ पटकसम्म अण्डा दिन्छन् । परेवाका जोडीले अण्डा पार्नु अघि पराल,सखेको घाँस बटुलेर गुँड बनाउँछन् । परेवाका जोरी बाँचुन ज्याल सँगै हुन्छन् । भाले वा पोथी मरेमा अर्को साथी पनि फकाएर ल्याउने गर्छन् । क्रृत्रिम तरिकाले जोडी मिलाउन भाले र पोथीलाई एउटा पिँजरा (Coop) मा केही दिन थुनेर राखेमा जोडी जम्छ । परेवाको आयु करिब १५ वर्षको हुन्छ ।।

 

परेवाको आहाराः
परम्परागत रूपमा साधारणतया परेवाले खेतबारी तथा घरवर छरिएका अन्न, गेडागुडी, घाँसका बीउ आदि आफै टिपेर खान्छन् । परेवाको स्वस्थ्य तथा उत्पादन क्षमता कायम राख्न परेवाको आहारा सन्तुलित हुनुपर्छ ।
परेवाले अन्न दलहन गेडागुडी खाने गर्दछन् । यस्ता अन्नहरूमा मकै, गहु, कोदो, तोरी, धान, चना÷केराउ, गाँजाको बिय आदि मिसाएर खान दिनु पर्छ । साधारणतया परेवाको आहारा मिसाउँदा मकै (४० भाग), कोदो (२० भाग), गहुँ (२० भाग), केराउ वा चना (२० भाग), तोरी तथा गाँजाकोबिउ केही महगो हुने भएतापनि परेवाको पोषणका लागि यसको पनि केही प्रतिशत आहारा मिसाउन सकिन्छ । यस बाहेक परेवालाई केही मात्रामा ससाना ढुङ्गाको कण तथा ढिके नुनको टुक्राहरू एउटा भाँडोमा राखि दिनुपर्छ, यसले परेवालाई चाहिने खनिजतत्वको आपुर्ति गर्छ । परेवाको यचित पोषणका लागि आहारामा केही भाग कुखुराको पिलेट आहारा दिन पनि उपयुक्त हुन्छ । एउटा परेवाले एकदिनमा ३० देखि ५० ग्राम आहारा खान्छन् भनें एकदिनमा ३०देखि ६० मिलिलिटर जति पानी पिउँछ । बच्चा हुर्काउने बेला परेवाका माउलाई थप आहारा खानदिनु पर्छ । परेवाको खोप अगाडि ताजा तथा स्वच्छ पानीको व्यवस्था गरिदिनु पर्छ ।
परेवाको व्यवस्थापनः
परेवा बस्ने घरलाई खोप लोफ्ट वा कुप (Loft/Coop) भन्दछन् । अल्गो ठाउँ, पानी नछिर्ने, सुखा, सजिलै सफाई गर्न मिल्ने, घाम तथा हावाको राम्रो सञ्चार हुने कुनै पनि घर परेवाको लागि उपयुक्त हुन्छ । परेवाको खोपमा कुकुर ,बिरालो, मुसा, काग, चिल सर्प आदि नछिर्नसक्ने बनाउनु पर्छ । परेवाको खोप वरपर धागो (विशेषतः चङ्गाको धागो), प्लास्टिकका बोराको झुत्रो आदि हुनुहुन्न, परेवाको गोडामा लट्पटिएर अल्झने हुँदा खोपवरपर सफा राख्नुपर्छ ।

परम्परागत रूपमा परेवालाई काठको तले खोर, माटोको खोप, इँट वा बाँसको खोप बनाइन्छ । परेवाहरू अण्डाबच्चा हुर्काउन सामुहिक गुँड मनपराउन्न त्यसैले खोपभित्र परेवाले बच्चा पार्न ससानो गुँड बनाउनु पर्छ । एकजोर परेवालाई बस्न तथा बच्चा हुर्काउनका लागि डेढ– डेढ (१.५फिट÷४० सेन्टिमिटर) आकारकोे फलफूलको काठको बक्सा भए पुग्छ । यस्तो बक्सामा परेवाले अण्डापार्न रसेब्नका लागि माटोको कराही राखिदिनु पर्छ । खोपमा आहारा खाने भाँडो, पानी पिउने भाँडो, नुहाउनकन लागि पानीको भाँडो र एउटा ¥याकमा घाँस परालका ससाना टुक्रा (गुँड बनाउन प्रयोगहुने) राखिदिनुपर्छ । एउटा खोपमा १०–१५ जोर भन्दा बढी परेवा पाल्नु उपयुक्त हुन्न ।
परेवाको पहिचानका लागि परेवाको गोडामा अङ्क वा अक्षर लेखिएको औंठी (Ring) लगाउने गरिन्छ ।यस्तो औंठी बच्चा परेवाको गोडामा करिब दस दिनको उमेरमा लगाउनुपर्छ । परेवाले विष्टाएर फोहर गर्ने र बिहानै बिहानै गुडेर नाच्ने हुँदा ककसैले त्यति मन पराउनन् ।
परेवाको स्वास्थ्यः
परेवालाई उस्तो रोगहरू लाग्दैन् । परेवाको स्वास्थ्य स्थितिका बेलाबेला निरीक्षण गर्नुपर्छ त्यसकालागि परेवाको विस्टा, आहारा खाने गरेको मात्रा, आनीबानी, आकार, स्वाँसप्रस्वासको स्थिति आदिको हेरविचार पु¥याउनु पर्छ । रोगी परेका झोक्राउने, आहारा नखाने, छेर्ने, प्वाँखहरू झर्ने, चुच्चो सुनिने, आँखाबाट चिप्रो आउने आदि लक्षण देखा पर्छन । बिरामी परेलालाई बथानबाट हटाएर, छुट्टै राख्नुपर्छ र रोगको निदान गरी उपयुक्त उपचार गर्नुपर्छ । परेवामा खासमा डाइरिया, कक्सिडियोसिस, स्यालमोनेला आदि रोग लाग्ने गर्दछन् । यस्तो अवस्थामा रोगको निदान गरी उपयुक्त ओषधी विशेषतः अक्सिटेट्रासाइक्लिन (Oxytetracycline), फ्युराजालिडोन (Furozolidone), टेट्रासाइक्लिन (Tetracycline), सल्फाडिमिडिन (Sulphadimidine) अदि हुन् ।
परेवामा विभिन्न प्रकारका परजीविहरू जस्तै जुम्रा, सुलसुले, पेटका जुका आदि लाग्ने गर्दछन् । आन्तरिक परजीवि विशेषतः जुकाको नियन्त्रणका लागि आवश्यकता अनुसार अलबेन्डाजोल (Albendazole), पिपराजिन (Piperazine), फेनबेन्डाजोल (Fenbendazole), मेट्रोनिडाजोल (Metronidazole), ट्रिनिडाजोल (Tronidazole), आदि दिनुपर्छ ।
। वाह्य परजीवि नियन्त्रणका लागि सरसफाई तथा किटनाशक विषादी आवश्यकता अनुसार छर्कनु पर्छ ।
परेवा समात्दा पखेटा वा गोडा समाउनु हुन्न, परेवालाई दुवै हत्केलालो छोपेर समाउनुपर्छ । परेवाको पहिचानका लागि गोडामा औठी आकारको नम्बर ट्याग लगाइन्छ । कुकुर, बिरालो तथा न्याउरीमुसा, मुसा, चिल, काग आदिले परेवा तथा परेवाको बच्चा मारेर खाइदिने भएकोले परेवा बस्ने घर सुरक्षित बनाउनु पर्दछ ।
परेवाको मासु
नेपालका तराई क्षेत्रहरूमा विशेशतः थारु समुदायमा मासुका लागि परेवापालन निकै लोकप्रिय छ । विश्वका अन्य देशहरूमा पनि परेवाको मासु खाइन्छ । परेवाको मासु निक्कै स्वादिलो हुन्छ र मासुका लागि परेवाको बच्चा प्रयोग गरिन्छ । परेवाको मासुलाई स्वाव -Squab) भनिन्छ । अण्डाबाट निस्किएको बच्चा तीन हप्ताको उमेरमा बच्चाको तौल करिब ४५०–७०० ग्रामसम्म हुन्छ र मासुखाने लायक हुन्छन् । परेवाको भुत्ला, गोडा, आन्द्राभूडी बाहेक प्रायः सबै भाग खाने लायक हुन्छ र मासुको (ड्रेसिङ्ग) ७५ प्रतिशत हुन्छ । मासुका लागि विकास गरिएको किङ्ग पिजन -King pigeon_ को तौल १.५ किलोसम्म हुन्छ ।
अन्य पक्षीहरूको तुलनामा मासुको लागि परेवापालन निक्कै भिन्न हुन्छ किनकि परेवाको बच्चालाई बाहिरी आहारा दिएर पाल्न सकिन्न । यसकालागि बच्चाले आफै आहारा टिप्न नसक्ने भएसम्म माउ (आमाबुबा) ले नै आहारा खुआएर हुर्काउनुपर्छ । त्यसैले मासुका लागि परेवा पाल्दा माउले धेरै अण्डा काढ्ने र बच्चा हुर्काउने गुण र क्षमता भएको हुनुपर्छ । यस्ता माउको प्रजनन क्षमता ५–६ वर्षसम्म राम्रो हुने भएकोले बुढो माउलाई छटनी गरेर हटाउनु पर्छ । मासुका लागि परेवा पाल्दा परेवाको अण्डाबाट निस्केको एक जोरी बच्चाले एक महिनाको उमेरसम्ममा करिब ३ किलो अन्न खान्छन् ।
परेवा उडानः
परेवालाई उडाएर खेलकुदको रूपमा मनोरन्जनका लागि पनि प्रयोग गरिन्छ । उडानका लागि विभिन्न जातका परेवा पालिन्छन् । होर्मिङ -Horming_ जातको परेवा ६० माइल प्रति घण्टाको दरले एक दिनमा ६०० माइलसम्म उड्न सक्छ । प्राचिनकालमा परेवाहरूलाई समाचार आदानप्रदान गर्न वाहकको रूपमा प्रयोग गरिन्थ्यो ।
विश्वका विभिन्न देशहरूमा परेवा उडानको प्रतियोगिता आयोजना गरिन्छ ।यस्ता उडान प्रतियोगिता आकाश सफा भएको मौसममा प्रायः वैशाख-जेठ (मे-जुन) तथा आसोज (सेप्टेम्बर-अक्टोबर) महिनामा आयोजना गरिन्छ । काठमाडौँमा २०५६ सालमा परेवाका शौखिनहरूले नेपाल परेवापालक सङ्घ, २०५६ को स्थापना गरेका छन् । यस संघले प्रतिवर्ष परेवा उडानको प्रतियोगिता आयोजना गर्दछ ।

काठमाडौमा हाल एक जोर साधारण परेवालाई रु ८००,फेन्सी लक्कालाई रु २०००देखि १०००० र किङ्ग जातका परो रु ३५०००–५०००० पर्दछ । विश्वमा एक करोड भन्दा बढी मुल्य पर्ने परेवाहरू छन् । नेपालमा पनि परेवापालन व्यवसायको राम्रो सम्भावना रहेको छ

रचनात्मक प्रतिक्रिया दिनुहोस् :