नेपालमा चिज उद्योगको सम्भावना

यो समाचार 402 पटक पढिएको

  • रामेश्वर सिंह पाण्डे 

नेपालमा दूध उत्पादनः
नेपालमा गाई, भैँसी, चौँरी तथा नाकको दूध खाद्यपदार्थको रूपमा उपयोग गरिन्छ, केही मात्रामा बाख्रा तथा भेडीको दूध पनि उपयोगमा ल्याइन्छ । नेपालमा आव २०६८-६९मा १६२२७५५० मेट्रिक टन दूध उत्पादन भएको थियो जसमा भैँसीबाट ११५३८३९ मेटन र बाँकि गाई तथा चौरीबाट भएको थियो । हाल नेपालमा प्रति व्यक्ति दूधको खपत ५१ लिटर प्रति व्यक्ति प्रति वर्ष रहेको अनुमान छ । कुल उत्पादित दूधमध्ये थोरै मात्र सङ्गठित रूपमारहेको डेरी उद्योगहरूमा प्रशोधन तथा अन्य दुग्धजन्य पदार्थको उत्पादनको लागि प्रयोग गरिने अनुमान छ । हाल नेपालमा सानाठुला गरी चारसय वटा दुग्ध उद्योगहरू सञ्चालित छन् । जसमा सरकारी स्तरमा सञ्चालन भएको नेपाल दुग्ध विकास सस्थान तथा निजीस्तरका ठुला दुग्ध उद्योगहरू हिमालयन डेरी, सीताराम गोकुल मिल्क, सुजल डेरी, चितवन डेरी आदि रहेका छन्

cheese

चिज उत्पादनः
उच्च हिमाली क्षेत्रमा हाल करिब २० वटा चिज उद्योगहरू (१२ वटा सरकारी र बाँकि निजी) सञ्चालनमा रहेका छन् । यी चिज कारखानाबाट वर्षेनी २२५ म.ेटन चिज उत्पादन हुने गर्दछ । हाल दुग्ध उद्योगहरूले देनिक कबिर ५ लाख ५० हजार लिटर दूध सङ्कलन गर्दछन्, । काठमाडौँ उपत्यकामात्र दैनिक ४ लाख लिटर दूध खपत हुने गर्दछ । हालका दुग्ध उद्योगको क्षमता अनुसार हाल नेपालमा दैनिक ३ लाख ५० हजार लिटर दूधको कमी रहेको अनुमान छ । दूध उत्पादन व्यवसायमा प्रत्यक्ष रूपमा पाँचलाख भन्दा बढी किसानहरू सङ्लग्न रहेका छन् ।

चिज बनाउने तरिका

चिज, दूधलाई जमाएर ठोस रूपमा बनाइने दुग्धजन्य पदार्थ हो । चिज अत्यन्त पौष्टिक, प्रोटिनयुक्त, शक्तिदायक हुन्छ । चिजमा २२–३२ प्रतिशत प्रोटिन , २५–३५ प्रतिशत फ्याट पाइन्छ । विश्वमा विभिन्न थरिका चिज बनाइन्छन् । चिज पश्चिमेली मुलुकमा निकै लोकप्रिय छ । नेपालमा चिज मुख्यतया चौँरी, नाकको दूधबाट बनाइने भए तापनि गाई भैँसीको दूधबाट पनि चिज बनाइन्छ ।
चिज बनाउनका लागि सर्वप्रथम स्वच्छ दूधलाई तताएर मन तातो हुने गरी ३२–३६ड्ढ डिग्री सेल्सिियस सम्ममा ल्याइन्छ र त्यसमा १–२ प्रतिशतको दरले जोरन स्ट्रेप्टोकोकस ल््याक्टिस, स्ट्रेप्टोकोकस क्रिमोरिस, स्ट्रेप्टो कोकस थर्मोफिलिस राखिन्छ । यसपछि २ प्रतिशतको दरले दूधमा रेनेट ९च्भललभत० मिसाइन्छ । रेनेट मिसाएको आधा घण्टाभित्र दूध जमेर दही बन्दछ । यसरी बनेको दहीलाई ससानो टुक्रामा छुक्राइ ४४–४८ड्ढ डिग्री सेल्सियस तापक्रमसम्म तताइन्छ । यसरी तताउँदा दहीमा भएको पानी  निस्केर जान्छ ।

दहीको पानी राम्ररी निथारिए पछि ठोस हुन लागेको लेदोलाई जुट ब्यागमा राखेर र चीज बनाउने हुपमा राखिन्छ र कुनै गह्रुङो वस्तुले थिचेर चाप दिइन्छ । चापले गर्दा बाँकी बचेको ह्वे पनि निस्केर जान्छ । चाप दिने क्रममा काँचो चिजलाई ओल्टाइपल्टाइ गर्नु पर्दछ । राम्ररी ह्वे निस्केपछि चिजको ब्लक बन्दछ । यस्तो ब्लकलाई २–३ दिनसम्म नुन पानीमा राखिन्छ । त्यसपछि चिजलाई नुनपानीबाट निकालेर ८–१० डिग्री सेल्सियस तापक्रम भएको चीसो कोठामा ५ महिनासम्म परिपक्व  हुनका लागि राखिन्छ । यस अवस्थामा प्रत्येक दिन वा केही दिनको अन्तरमा चिजमा नुन पानी छर्कने गर्नु पर्दछ ।

 

विभिन्न प्रकारका पशुहरूको दूधबाट बनेको चिजहरूलाई बेग्लाबेग्लै नाम दिइएको छ । चौँरी, नाकको दूधबाट बनाइएको चिजलाई ”याक चिज“ । गाईको दूधबाट बनाइएको चिजलाई कञ्चन चिज र भैँसीको दूधबाट बनाइएको चिजलाई “बफ चिज” भनिन्छ । साधारणतया नेपालमा बनाइने याक चिज कडा खाले हुन्छन् । यसमा जलांश ३३ प्रतिशत फ्याट ३०.६ प्रतिशत प्रोटिन, ३३.८ प्रतिशत र खनिज लवण २.६ प्रतिशत पाइन्छ ।
नेपालमा हालै बाख्राको दूधबाट पनि चिज उत्पादन सुरु गरिएको छ । चित्लाङ, मकवानपुरमा २०६० सालदेखि फ्रान्सेली प्रविधि अनुसार अशोक ठकुरीले दैनिक १० किलो बाख्राको दूधको चिज बनाइ काठमाडौमा बिक्री गर्दछन् ।
चिज बनाउनका लागि आवश्यक जानकारी तथा प्रविधिका लागि आफ्नो नजिकको पशु सेवा कर्यालय, दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान तथा निजी दुग्ध उद्योगहरूमा सम्पर्क राख्न सक्नुहुन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :